पोखरा, २० असोज । सर्पको टोकाइबाट घाइते भइ उपचारका क्रममा रहेका मादी गाउँपालिका वडा नं ६ का १३ वर्षीय विशाल पौडेललाई आर्थिक सहयोग गरिएको छ ।
मादी गाउँपालिका वडा नं ६ निवासी युवा नेता खिमबहादुर जिसीको पहलमा संकलित ३ लाख ८७ हजार चार सय ३८ रुपैया आर्थिक सहयोग गरिएको हो । स्वदेश तथा विदेशमा रहेका करीब एक सय सात जनाबाट सहयोग स्वरुप सो रकम संकलन भएको हो ।
‘विशालको पारिवारिक आर्थिक अवस्था कमजोर छ, उपाचारमा पनि धेरै खर्च लागेको छ, सहयोग संकलनमा नेतृत्व गरिरहेका युवा नेता जिसीले भने, उनको उपचारमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दछु।’ उनले नै संकलित रकम विशालका दाजु विजय पौडेललाई हस्तान्तरण गरे ।
सहयोग संकलनमा कतारबाट बबिता जिसी, दुवईबाट दीपक रानाभाट, दुवई युएई तनहुँ समाजका राजन जिसी, स्टोनियाबाट श्याम जिसी, मादी ६ निवासी कुसुम आले मगर, महिला नेतृहरु सरस्वती गुरुङ र माया बरालगायतले समन्वय गरेका थिए । त्यस्तै, जापान, हङकङबाट समेत सहयोग प्राप्त भएको थियो ।
साउन २८ गते सुतिरहेको अवस्थामा विशाललाई विषालु सर्पले टोकेको थियो ।
४५ दिनसम्म पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारपछि अहिले उनको शिक्षण अस्पताल काठमाण्डौंमा उपचार भैरहेको छ । स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं