पोखरा, १७ असोज । नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित विभिन्न पुरस्कारमध्ये तीन पुरस्कार वितरणका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ ।
युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा बसेको बैठकले ‘सूप्रेम शारदा पत्रकारिता पुरस्कार’ , ‘नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार’ र ‘शान्ति पत्रकारिता पुरस्कार’ का लागि समिति गठन गरेको हो ।
‘सूप्रेम शारदा पत्रकारिता पुरस्कार’ को लागि युनियन सल्लाहकार एवं पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र बास्तोलाको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको छ । समिति सदस्यमा वीरेन्द्र केसी, किरण केसी, पदेनसदस्यमा अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेल छन् ।
नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संघीय सांसद सूर्यबहादुर केसीले आफ्नी बहिनी शारदा केसी रोकाहाको स्मृतिमा केसी परिवारले सो पुरस्कार स्थापना गरेका हुन् । पुरस्कार राशि ५१ हजार रहेको छ । केसीले पुरस्कारको लागि अक्षयकोष स्थापनामा यसअघि ६ लाख रुपैयाँ युनियनलाई प्रदान गरेका थिए । सो पुरस्कार पहिलो पटक प्रदान गरिन लागिएको हो ।
यसैगरी, ‘नेपाल पे्रस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार’ को लागि नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं जिल्ला सल्लाहकार गंगाधर पराजुलीको संयोजकत्वमा समिति गठन गरिएको छ । सदस्यमा बोधराज कार्की, सरिता तिमिल्सिना पगेनी, विजय भण्डारी, प्रकाशचन्द्र सापकोटा, पदेनसदस्यमा अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेल छन् । पुरस्कार राशि ३३ हजार रुपैयाँ छ ।
यस्तै, समाजसेवी भोला बरालद्वारा स्थापित ‘शान्ति पत्रकारिता पुरस्कार’ का लागि नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष एवं जिल्ला सल्लाहकार रमेश पौडेलको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको छ । सदस्यमा भोला बराल, कुशल बराल, बिमला भण्डारी तथा पदेनसदस्यमा अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेल छन् ।
भोला बरालले बाबु पूर्णप्रसाद र मायादेवी बरालको नाममा युनियनले संचालन गर्ने गरी २५ हजार राशिको सो पुरस्कार स्थापना गरेका हुन् । जसको अक्षयकोष ३ लाख ३३ हजार रहेको छ ।
युनियनको बैठकले आफ्ना सदस्यलाई क्षमता अभिवृद्धिका लागि तालिम संचालन गर्ने निर्णय गरेको जिल्ला सचिव प्रदीप पौडेलले जानकारी दिए ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं