पोखरा, १४ असोज । पोखरा महानगरपालिकामा भएको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासनप्रति चिन्ता व्यक्त गर्दै नेपाली काँग्रेस पोखरा महानगर नगर समितिले मेयरलाई ज्ञापनपत्र बुझाएको छ ।
नगर समितितर्फबाट सभापति बजिरमान श्रेष्ठले मेयर मानबहादुर जिसीलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
यसअघि पनि प्रतिपक्ष दलका सुझाव र काँगे्रेसबाट निर्वाचित वडाध्यक्षहरुले गरेको ध्यानाकर्षणप्रति महानगर मौन बसेको भन्दै पुनः ज्ञापनपत्र बुझाइएको श्रेष्ठले जानकारी दिए ।
ज्ञापनपत्रमा राजस्व शाखाका तत्कालीन प्रमुखबाट आर्थिक अनियमितता भएको विषय उजागर गर्ने स्पष्ट र इमानदार लेखाप्रमुखलाई उल्टै स्पष्टीकरण सोधिएकोमा आपत्ति जनाउँदै आर्थिक अनियमितताको पनि उजागर हुने डरले अहिले लेखाप्रमुखलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिनु निन्दनीय भएको उल्लेख छ ।
यसैगरी, महानगरपालिकामा कर्मचारीहरुको व्यवस्थापन, योग्यता र क्षमताका आधारमानभई राजनैतिक
आस्था आधारमा गरिएकोप्रति नगरको ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ ।
महानगरमा अस्थायी तथा करारमा भर्ना भएका प्राविधिक तथा अन्य कर्मचारीहरु विभिन्न शाखामा प्रमुखको जिम्मेवारीमा नै कार्यरत रहेको र अर्काेतिर आस्थाकै आधारमा स्थायी तथा वरिष्ठ कर्मचारीहरुलाई जिम्मेवारीबाट पन्छाउने गरिएको भन्दै निन्दा गरिएको छ ।
यसैगरी, हालै महानगरका विभिन्न ठाउँमा भएका दैवीप्रकोपको घटनाका पीडितलाई उचित सम्बोधन गर्न नसकेको र मृतक परिवारलाई राहत उपलब्ध नगराएको भन्दै तत्काल राहत दिलाउन माग गरिएको छ । वर्षाका कारण नगरका सडक भत्किएको र खाल्डाखुल्डी परेकोले तत्काल मर्मत गर्न आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझाउन नगर सभापति श्रेष्ठको नेतृत्वमा सहसभापति राजेन्द्रमणि लामिछाने, उपसभापति सुरेन्द्र बिजुक्छे, डम्बरबहादुर थापा, सचिव सरोज बराल, रामजी कोइराला, धु्रव अधिकारी, पोखरा महानगरपालिका दलका नेता रामराज लामिछाने र उपनेता शंकर बास्तोलाको टोली गएको थियो ।
यसअघि, काँग्रेसतर्फबाट निर्वाचित ११ वडा अध्यक्षहरुले महानगरपालिकामा भइरहेको पछिल्लो गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएका थिए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं