पोखरा, २१ जेठ । नेलम्बो नेपालले नेपाल प्रेस युनियन कास्कीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड—१९ को बढ्दो संक्रमण र उच्चजोखिमको परिस्थितिलाई मध्यनजर अग्र भागमा खटिने पत्रकारलाई सुरक्षित रहेर आफ्नो कार्यमा खटिन सहज होस् भन्ने हेतुले सहयोग गरेको हो ।
नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक किसन कोइरालाले ती स्वास्थ्य सुरक्षा सामग्री नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र उपाध्यक्ष प्रकाशचन्द्र सापकोटालाई हस्तान्तरण गरेका हुन् । जोरो नाप्ने थर्मल गन, स्यानिटाइजर, मास्क, ग्लब्स सहयोग गरिएको छ ।
‘अग्र भागमा खटिने पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्न पाउँदा हामी खुशी छौं’ अध्यक्ष देवकोटाले भने,‘पक्कै पनि हाम्रो सहयोगले सुरक्षाको प्रत्याभूति दिलाउन मद्दत मिल्ने विश्वास लिएका छौं ।आगामि दिनमा पनि नेपाल प्रेस युनियन कास्कीसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले सहयोगप्रति अभार प्रकट गरे । ‘यो महामारीको बेला पत्रकार अग्रभागमा खटिएर रिपोटिड्ड गर्नुपर्ने भएकोले स्वास्थ्य सुरक्षा सामग्री अझै बढी आवश्यक पर्दछ’ अध्यक्ष सिग्देलले भने,‘ यहाँहरुले सहयोग गरेको यी सामग्री कास्की जिल्ला मात्रै नभई छिमेकी जिल्लाका पत्रकारलाई समेत पु¥याउने कोशिश गर्छाै।’
पोखरामा रहेको नेलम्बो नेपालले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा वितग ३ वर्षदेखि काम गर्दै आएको छ ।
यसअघि पनि नेलम्बो नेपालले कास्कीका विभिन्न ठाउँमा स्वास्थ्य सुरक्षा, औषधी र खाद्यान्य सामग्री वितरण गरेको सम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारीले जानकारी दिए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं