धार्मिक पर्यटनका लागि जुट्दै आँटीघरबासी

धार्मिक पर्यटनका लागि जुट्दै आँटीघरबासी

Attighar

पोखरा, ११ चैत । पोखरा महानगरपालिका वडा नं २० मौजास्थित आँटीघरका बासिन्दा यतिबेला धार्मिक पर्यटनको विकासका लागि जुटेका छन् ।

स्थानीय घघाम सामुदायिक वन क्षेत्रमा धार्मिक पर्यटनको विकासका लागि उनीहरु जुटेका हुन् । वनभित्र रहेको काजी घघान गुफा र ठूलो घघान गुफालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि प्रारम्भिक तयारी शुरु गरिएको छ ।
परापूर्वकालदेखि नै पूजा गर्ने गरिएको ठुलो घघाम गुफामा फागुन २२ गते देवीदेवताका मुर्ति भेटिएपछि त्यहाँ दैवी शक्ति प्रकट भएकाले धार्मिक पर्यटनको सम्भावना देखिएको स्थानीयको भनाइ छ ।

आँटीघरका पूर्खाले पुज्ने मध्ये घघाम देवता एक हुन् । घघाम देवतालाई वर्षमा २ पटक उधौली र उभौलिमा पूजा गर्ने गरिन्छ। लाहुरेहरुले घघाम देवतालाई सम्झिएपछि युद्वमा विजय हुने र आपतको बेला सम्झिएपछि समस्या समाधान हुने किवंदन्ती समेत छ ।

गुफा क्षेत्रमा कुनै नराम्रो क्रियाकलाप गर्दा चोटपटक लाग्ने, विमारी पर्ने र असिनाले क्षति पु¥याउने जनविश्वास समेत रहदै आएको छ ।

काजी घघाम गुफामा भने विभिन्न आकृतिहरु देख्न सकिन्छ । नाग, महादेव, पार्वती, सरस्वती, गणेश, भेडा, गाईको आकृति देख्न सकिने घघाम सामुदायिक वनका उपाध्यक्ष तिलबहादुर गुरुङले जानकारी दिए ।

एक सय २२ घरधुरी लाभान्वित हुँदै आएको वन क्षेत्रमा धार्मिक पर्यटनको विकास गर्न सके स्थानीयको आय आर्जनमा टेवा पुग्ने वनका अध्यक्ष टेकबहादुर गुरुङको भनाइ छ ।

‘धार्मिक पर्यटनको विकासका लागि तयारी शुरु गरेका छौं, अध्यक्ष गुरुङले भने, ‘अब पहिलो चरणमा घघाम मन्दिर र पदमार्ग व्यवस्थित गर्न केन्द्रीत बन्छौ।’

दुई सय २५ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमा वन्यजन्तु र पंक्षिका प्रजाति पनि पाइन्छ । चितुवा, स्याल, लंगुर, बादर, दुम्सी, खरायो, लोखर्के, न्याउरीमुुसा, वन बिरालो, मलसाप्रो, निगाले चितुवा समेत देख्न पाइन्छ ।

त्यस्तै, ढुकुर, वन कुखुरा, तित्रा, जुरेली, भद्राई, लाटोकोसेरो, कोकले र बाज लगायतका पंक्षिको समेत बासस्थान रहेको छ । वनमा चिराईलो, सतुवा, भकिमिलो, तेजपात र गुर्जाेलगायतका महत्वपूर्ण जडिबुटी समेत उत्पादन हुन्छ । आँटीघरदेखि करीब नौ किलोमिटर दुरीमा रहेको वन क्षेत्रमा करीब १ घण्टा पैदलयात्रामा पुग्न सकिन्छ ।

समुन्द्र सतहदेखि १ हजार २ सय १० देखि २ हजार ५० मिटरसम्मको उचाईमा वन क्षेत्र रहेको छ ।
प्रारम्भिक तयारी स्वरुप नै वन कार्यालयका कर्मचारी र आँटीघरका बासिन्दाले संयुक्त रुपमा गुफासँगै वन क्षेत्रको अवलोकन समेत गरेका छन् ।

वनका अध्यक्ष टेकबहादुर गुरुङ, उपाध्यक्ष तिलबहादुर गुरुङ, सचिव वीरबहादुर गुरुङ, कोषाध्यक्ष दुर्गाबहादुर गुरुङ, मौजा सामुदायिक होमस्टेका सचिव प्रकाश गुरुङ, पोखरा सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत ममता शर्मा र वन रक्षक हिमलाल गौतमलगायतको टोलीले अवलोकन गरेको थियो ।

सहायक वन अधिकृत ममता शर्माले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन प्रवद्र्वनमा सहयोग गर्ने भएकाले वन क्षेत्रमा धार्मिक पर्यटन र पर्यापर्यटनको सम्भावना बारे चासो दिएर अध्ययन गरिएको बताइन्। ‘सम्भावना बारे अध्ययन गरेका छौं, उनले भनिन,‘आवश्यक सहयोग गर्न तयार छौं।’

आँटीघरमा नै भ्यूटावरको निर्माण पनि गरिने भएको छ । आउँदो असार मसान्तसम्म निर्माण सक्ने गरी काम अघि बढाइने निर्माण समितिका सदस्य प्रकाश गुरुङले जानकारी दिए ।

करीब २९ लाखको लागतमा भ्यूटावर निर्माण गर्न लागिएको हो । पोखरा महानगरपालिका वडा कार्यालय २० को चार लाख रुपैया र संघीय सरकारको २५ लाख लगानीमा टावर निर्माण गरिने छ ।

भ्यूटावरबाट पोखरा, मादी गाउँपालिका, मौजासहित माछापूच्छ«े, अन्नपुर्ण, धवलागिरी हिमश्रृङ्खला अवलोकन गर्न सकिने सदस्य गुरुङको भनाइ छ ।

उनले धार्मिक पर्यटन, होमस्टे, भ्यूटावर र हाई अल्टिच्युटमा बन्न लागेको खेल मैदानले त्यसक्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀