पोखरा, ९ चैत । नेपाली काँग्रेस कास्कीले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहन लागि आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।
कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसीको अध्यक्षतामा पदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिका सभापतिसहित आइतबार बसेको आकस्मिक बैंठकले त्यस्तो आग्रह गरेको प्रवत्ता नवीन सिग्देलले बताए ।
विश्वका अधिकांश राष्ट्रमा यसको संक्रमणसँगै त्रास बढिरहेको भन्दै बैठकपछि जारी विज्ञप्तिमा सचेत रहनु नै सबैभन्दा उत्तम विकल्प देखिएकाले सजग, सचेत र स्वयंम जिम्मेबार बन्दै आफू र अरुलाई समेत जोगाउने गरी तत्पर रहन अपिल गरिएको छ ।
कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसीद्वारा जारी विज्ञप्तिमा विषम परिस्थितिमा आमउपभोत्ताहरुमा खाद्यान्नलगायत अत्यावश्यक सेवामा समेत कृत्रिम अभाव महसुस हुन थालेकाले त्यसको निराकरणका लागि तिनै तहका सरकारको ध्यानाकर्षण गराइएको छ ।
विज्ञप्तिमा आर्थिक क्षेत्रमा परेको प्रतिकुल असर न्यूनिकरण गरी आमनागरिकलाई राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ ।
त्यस्तै, पार्टीका सबै तहलाई नागरिक सेवामा समर्पित भई आमनागरिक र आफूलाई समेत सुरक्षित राख्न अनुरोध गरिएको छ ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं