पोखरा, ३ माघ । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माद्वारा लिखित काँङ्ग्रेसमा सङ्कल्पित ५२ वर्ष नामक पुस्तकको पोखरामा शुक्रबार परिचर्चा गरिएको छ ।
प्रजातान्त्रिक विचार समाज कास्कीले गरेको कार्यक्रममा विश्लेषक, अधिवत्ता र नेताहरुले पुस्तकको चर्चा मात्रै गरेनन् प्रशंसा नै प्रशंसा गरे ।
५ दशक बढी समय नेपाली काँग्रेसको राजनीतिमा बिताएका शर्माले लेखेको सो पुस्तक २ सय ३६ पृष्ठको छ ।
पुस्तकमा शर्माको जीवनका महत्वपूर्ण घटनासँगै राजनैतिक अनुभव, गणतन्त्रका १० वर्ष, १६ वर्ष जिल्ला सभापति, वीपीले लेख्न खोजेको इतिहास, वीपी मेलमिलापका पाँच वर्ष र काँग्रेसको अबको बाटो लगायतका सामग्री छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले पुस्तक युवा वर्गका लागि प्रेरणाको स्रोत बन्ने बताए ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले लोकतन्त्रवादीका लागि सो पुस्तक पूँजी भएको उल्लेख गरे ।
विश्लेषक डा शोभाकर पराजुलीले नेता शर्माले लोभ, आशा, लालचाभन्दा माथि उठेर पुस्तक लेखेको बताए ।
अर्का विश्लेषक प्रा.डा सुरेन्द्र केसीले सरल र राम्रो भाषा प्रयोग गरिएका कारण पुस्तक पढ्न सजिलो रहेको बताए । उनले पुस्तकमा राष्ट्रिय स्वाधिनताको रक्षाका लागि मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने विषय समावेश गरिएको भन्दै प्रशंसा गरे ।
वरिष्ठ अधिवक्ता तिलक पराजुलीले वर्तमान र भावि पुस्ता दुवैका लागि पुस्तक उपयोगी रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस नीति तथा प्रशिक्षण विभाग सदस्य प्रा.डा कुसुमाकर न्यौपानेले काँग्रेस र प्रजातन्त्रलाई माथि उठाउन नेता शर्माले जीवन समर्पित गरेको उल्लेख गरे ।
प्रजातान्त्रिक विचार समाज गण्डकी प्रदेश संयोजक अक्कलदेव मिश्रले नेता शुक्रराज शर्मा काँग्रेसको आइकन भएको बताए ।
कार्यक्रममा समाजका सचिव बासुदेव त्रिपाठी र पुस्तकका सम्पादक रेवतीरमण सुवेदीले पनि बोलेका थिए ।
प्रजातान्त्रिक विचार समाज कास्कीका अध्यक्ष डा. गिरिधारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष वीरबहादुर कार्कीले स्वागत र सचिव शिशुकला पराजुलीले सञ्चालन गरेकी थिइन् ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं