पोखरा, २९ मंसिर ।पोखरा ८, पृथ्वीचोकस्थित पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले अध्यक्ष ओमबहादुर कार्की, कोषाध्यक्ष कृष्णकुमार मुल्मी, लेखा समिति सदस्य खिमबहादुर खड्का र ऋण समिति सदस्य सूर्यबहादुर थापाले प्रस्तुत गरेका प्रतिवेदन पारित गरेको छ ।
त्यसअवसरमा उत्कृष्ट निक्षेपकर्ता ज्ञानेश्वरराज श्रेष्ठ, उत्कृष्ट बचतकर्ता शोभाकान्त पौडेल, उत्कृष्ट शेयर सदस्य किसनमान बुद्वाचार्य र ज्येष्ठ नागरिक इन्द्रकुमारी मुल्मीलाई सम्मान गरिएको छ ।
त्यस्तै, पृथ्वी प्रतिभा पुरस्कारबाट छात्रतर्फ सञ्जय केसी र छात्रातर्फ जेनिजा पुरीलाई सम्मान गरिएको छ । साथै ब्याचलर इन इन्फोरमेशन टेक्नोलोजी इन्फोमेटिक कलेजका उत्कृष्ट विद्यार्थी मनिष श्रेष्ठलाई पनि पृथ्वी प्रतिभा पुरस्कारबाट सम्मान गरिएको छ ।
साथै वर्ष कर्मचारीका रुपमा जुना श्रेष्ठ, उत्कृष्ट अनुशासित कर्मचारीका रुपमा बजार प्रतिनिधि मञ्जु खनाल घिमिरे, उत्कृष्ट कर्मचारीका रुपमा सहप्रबन्धक डोलकुमार कार्कीलाई सम्मान गरिएको थियो ।
साधारणसभा उद्घाटन गर्दै कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष सुदीप ढकालले सहकारी जीवन र जगत जोड्ने उत्कृष्ट व्यवसाय भएको बताए ।
उनले मुलुकको अर्थतन्त्र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै समस्या जत्तिबेला जे पनि आउन सक्ने भएकाले सहकारीले जिम्मेबारपूर्वक काम गर्नुपर्ने औल्याए ।
उनले नयाँ ऐन, नियम र कानून अनुसार योजना बनाउन आग्रह गर्दै सामाजिक उत्तरदायित्व वहन गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
राष्ट्रिय सहकारी बैंक पोखराका शाखा प्रबन्धक सन्तोष घिमिरेले शेयर सदस्यले आफ्नै सहकारीमा कारोबार गर्दा फाइदा हुने व्यवस्था आएको जानकारी दिए ।
सहकारीका प्रबन्धक मोहनप्रसाद अधिकारीले सबैको सहयोगका लागि सहकारीले प्रगती गरिरहेको जानकारी बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार केदारनाथ अधिकारी, गोविन्दकुमार श्रेष्ठ र शेयर सदस्य लोकमाया गुरुङ लगायतले बोलेका थिए ।
सहकारीका अध्यक्ष ओमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव किरणप्रसाद बञ्जाराले स्वागत र महिला उपसमिति संयोजक रश्मि अधिकारीले संचालन गरेकी थिइन् ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं