भलाममा कांग्रेसको माहोल, कांग्रेसलाई मत दिन आतुर

भलाममा कांग्रेसको माहोल, कांग्रेसलाई मत दिन आतुर

khemraj 4 (1)

पोखरा, २८ कात्तिक । नेपाली कांग्रेस उम्मेदवार खेमराज पौडेल मत माग्न पोखरा–२०, भलाम आईपुगेका छन् ।

साविक भलाम–१ बाट उनको चुनाव प्रचार अभियान शुरु भएको हो । साविक भलाम–१ कि ८५ वर्षीया तिलकुमारी खत्रीले उम्मेद्वार खेमराजलाई टीका, माला लगाईदिंदै दही खुवाएर अभियान शुभारम्भ गरिन् ।

अहिलेसम्म ८ पटक कांग्रेसको रुख चिन्हमा मतदान गरेकी उनले यस पटक झनै उत्साहित भएकी झन् । कांग्रेसक पुरानो नेता खेमराजले घरमै आएर भोट मागेको भन्दै उनी खुशी भएकी हुन् ।

पुराना मान्छेले चुनाव जित्यो भने धर्मको रक्षा हुने उनको विश्वास छ । पुराना मान्छेले धर्मको रक्षा गर्न सक्छन्, झुट बोल्न जान्दैनन् । त्यसैले उनले चुनाव जिते राम्रो हुन्छ, उनले भनिन् । खेमराजबाट आशा भन्दा पनि पूराना नेताले अवसर पाएकोमा उनी खुशी थिइन् ।

वृद्धा मतदाता खत्रीको आशामा समर्थन जनाउँदै उम्मेदवार खेमराजले धर्म, संस्कार, संस्कृति संरक्षण गर्न आफू प्रतिवद्धरहेको बताए । उम्मेदवार खेमराजका दौतरी तेजबहादुर गौतम पनि नेता खेमराजलाई घरमै पाउँदा निकै हर्षित भए । आफ्ना पूराना साथीलाई ढिलै भए पनि पार्टीले चिनेकोमा गौतमले खुशी प्रकट गरे ।

‘मलाई जिताउन कांग्रेस पार्टी एक ढिक्का छ, तपाइँहरूको पनि असाध्यै मायाँ पाउँछु भन्ने विश्वास छ’, उनले मतदाता सामु भने ।

खेमराजलाई पार्टीले टिकट दिएको समाचार रेडियोबाट सुन्ने बित्तिकै आफू हर्षित भएको उनले बताए । लगातार लागिरहे पार्टीले १ पटक चिन्नेरहेछ भन्ने पुष्टि भएको गौतमले बताए । खेमराजलाई मत दिन भलामवासी निकै आतुर रहेको उनले स्पष्ट पारे ।

भलामको यो माहोलले कांग्रेसलाई निकै हौसला मिलेको गण्डकी प्रदेशसभा सदस्य एवं चुनाव प्रचार समिति पोखरा–२० का संयोजक विन्दुकुमार थापाले बताए ।

‘भलाममा कांग्रेसको पक्षमा यतिराम्रो माहोल कहिल्यै थिएन, यो पटक राम्रो माहोल बन्यो । यसले आफूलाई पनि निकै उत्साहित बनाएको छ’, उनले भने । कांग्रेसका क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला मधुले भलामबाट दुई तिहाइ मत कांग्रेसको पक्षमा आउने दावी गरे ।

उनले भने, ‘पोखरा–२० मा करिब ४ हजार मतदाता छन् । त्यसमा २ हजारले कांग्रेसलाई मत दिने पक्का छ । उम्मेदवार खेमराजले पपुलर मत पनि तान्ने सभापति बास्तोलाको विश्वास छ । उनले भने, ‘भलाममा उम्मेदवार खेमराजका धेरै साथीहरु छन्, उहाँका समकक्षी, विद्यार्थी पनि छन् । त्यसैले पपुलर मत ४ सय कांग्रेसको पक्षमा आउछ ।’

‘आफू पोखरा बसेको २० वर्ष भयो, कहिल्यै उम्मेदवारको पछि लागेर हिंडेको थिइन’, कांग्रेसका एक समर्थकले भने, ‘यस पटक खेमरालाई जिताउन पूरै समय खर्चिएको छु ।’ उनले कांग्रेसको पक्षमा यस्तो राम्रो माहोल कहिल्यै नआएको दावी गरे ।
कांग्रेस नेता देवराज चालिसेले आफू उम्मेदवार बनेर आउँदा पनि यति राम्रो माहोल नभएको बताए । उनले पछिल्लोक्रममा पार्टीप्रति जनताको विश्वास असाध्यै बढेको दावी गरे । उनले भने, ‘सरकारको रवैयाका कारणले होला कम्युनिष्टलाई विश्वास गर्न छाडेका छन्, कांग्रेसप्रति भरोषा पनि गरेको पाइयो।’

पोखरा–२० भलामको घरदैलोमा उम्मेदवार पौडेल, सांसद विन्दुकुमार थापा, कांग्रेसका क्षेत्रीय सभापति माधव प्रसाद बाँस्तोला मधु, नगर सभापति वजिरमान श्रेष्ठ, नेताहरू देवराज चालिसे, सरस्वती गुरुङ, वीरेन्द्र नारायण विजुक्छे लगायत नेता कार्यकर्ता सहभागी छन् ।

उम्मेदवार पौडेलले आज बिहीबार भलाम चण्डीपाटन, तल्लोचौर, मौजा आँटीघर लगायतका क्षेत्रमा र भोलि शुक्रबार मौजा, लामाडाँडा र लामाखेतमा घरदैलो गरेर मत माग्ने कार्यक्रम छ ।

यस अभियानमा कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र कास्की कांग्रेसका सभापति कृष्ण केसी, नेताहरू शुक्रराज शर्मा, यज्ञबहादुर थापा लगायत पनि सहभागी हुने क्षेत्रीय सभापति बाँस्तोलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
31 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 31 Jul 2025 00:05 UTC
Latest change: 30 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
139.88
Indian Rupee 
Indian Rupee
87.38
US Dollar 
US Dollar
1
Euro 
Euro
0.87
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
148.18
US Dollar 
US Dollar
1
31 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 31 Jul 2025 00:05 UTC
Latest change: 30 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀