पोखरा, २७ असोज । आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आएका ३५ वर्षीय राकेश खड्कालाई आर्थिक सहयोग गरिएको छ ।
बागलुङ्को सिगाना घर भई विगत २० वर्षदेखि पोखरा ८ इन्द्रपुरी टोलमा बस्दै आएका उनलाई १ लाख १५ हजार आर्थिक सहयोग गरिएको हो ।
काठमाण्डौ १० भोटेवहाल घर भई अमेरिका टेक्सास बस्दै आएकी रिमकुमारी मुल्मीको पहल र उनका जेठा छोरा सरोजकुमार मुल्मी, देवर गणेश मुल्मीको समन्वयमा उनलाई सहयोग गरिएको छ ।
छोरा सरोजले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, समाजसेवी विजयराज आचार्यको रोहवरमा सो रकम हस्तान्तरण गरेका छन् ।
रिमकुमारीले अमेरिका बस्दै आएका नेपाली र विदेशी नागरिकसँगबाट सहयोग रकम जुटाएकी हुन् । उनले आवश्यक परे अझै रकम जुटाउने बताएको परिवारिकस्रोतले जनाएको छ ।
सञ्चारमाध्यमबाट खड्काको आर्थिक अभाव बारे थाहा पाए सहयोग रकम जुटाएर पठाएको
छोरा सरोजले बताए ।
पेन्टिङ गरी आमा, २ छोराछोरी र श्रीमतीको जीवन निर्वाह गर्दै आएका खड्का करीब डेढ वर्षदेखि बिरामी भएर थलिएका छन् ।
उनी बिरामी भएयता झण्डै ३ लाख रुपैया खर्च भएको छ । उनी सुगर र प्रेसर रोगी हुन् ।
जताततै दशैंको रमाईलो र खुशी छाइरहदाँ खड्का परिवारमा भने त्यस्तो कुनै उमंग रहेन ।
‘छोराका लागि कसरी औषधी जोहो गर्ने भन्ने चिन्ताले दशैं बित्यो आमा जमुना खड्काले भनिन, छोराको उपचारका लागि सहयोग चाहिएको छ।’
उनलाई काठमाडौं उपचार गर्नुपर्ने अवस्थामा काठमाण्डौं ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले समेत सहयोग गर्ने जनाएको सरोजको भनाइ छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं