नेपाल प्रेस युनियनका महासचिव अजयवावु सिवाकोटीलाई सुरक्षाको प्रत्याभूति दिन नेपाल सरकारसँग माग गरिएको छ ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडलद्धारा बिहीवार जारी विज्ञप्तिमा महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरुबाट धम्की दिने र केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति आपत्ति जनाइएको छ ।
हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रकाशित ‘सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार’ भन्ने समाचारको विषयलाई लिएर अनलाइनका प्रधान सम्पादक सिवाकोटी माथि सुरक्षा चुनौती देखिएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
‘नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक बमोजिम स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रशारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौ’विज्ञप्तिमा भनिएको छ ।
समाचार लेखेकै आधारमा महासचिव सिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुश गराउने जुनसुकै व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न तथा सुरक्षाको ग्यारेण्टी गर्न प्रहरी प्रशासन तथा सरकारसँग जोडदार माग गरेको छ ।
कुनै पनि समाचारमा चित्त नबुझेमा कानूनी उपचारको बाटो हुँदाहुँदै त्यसका विपरीत हुलहुज्जत गर्ने र धम्क्याएर सिंगो प्रेस जगतलाई नै आतंकीत बनाउन खोज्नु दुभाग्र्यपूर्ण भएको उल्लेख गर्दै प्रेस माथिको धम्की र गैरजिम्मेवार चरित्र प्रर्दशन जारी रहे कडा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं