स्याबास् सुरेश, जसले भेट्टाएको सूनको पाँच तोलाको रानीहार बुझाए

स्याबास् सुरेश, जसले भेट्टाएको सूनको पाँच तोलाको रानीहार बुझाए

suresh

पोखरा २२ असार । मानिस स्वभावैले लोभि हुन्छ । अरुको केही पाउँदा ÷भेट्टाउदा खुशी हुने धेरैको स्वभाव पनि हुन्छ । तर थोरै मात्र हुन्छन् जो कसैले हराएको केही पाउँदा खुशी हुदैनन् । त्यस्तैमध्यमा एक छन् पोखराका ट्याक्सी चालक सुरेश नेपाली ।

उनी ग.१.ज ३५७१ नम्बरको ट्याक्सीका चालक हुन् । भद्रकाली शाखामा आवद्व रहेर संचालन हुदै आएको सो ट्याक्सीमा विहीवार राति कसैले सूनको पाँच तोलाको रानीहार छोड्यो ।

भोलिपल्ट अर्थात शुक्रवार साँझ ट्याक्सी सफा गर्ने क्रममा सिटमा च्यापिएको अवस्थामा सुरेशले रानीहार भेट्टाए ।रानीहार भेट्टाएपछि उनले सक्कली वा नक्कली के हो भन्ने ठम्याउन सकेनन् अनि श्रीमतीलाई सोध्ने निर्णय लिददै यात्रु बोकेर फेरि काहुँ र लेकसाइडतर्फ हुइकिए ।

राति घर पुगेर श्रीमतीलाई देखाएपछि रानीहार सुनको नै हो भन्ने टुङ्गो लाग्यो, चालक सुरेशले भने – ‘त्यसपछि रानीहार पाएको बारेमा चालकहरुलाई जानकारी दिदै कसैले खोजे सम्पर्क गरिदिन आग्रह गर्न थाले।’

उनले शुक्रवार राति नै गण्डकी ट्याक्सी व्यवसाय पब्लिक लिमिटेडका कार्यकारी प्रमुख पूर्ण जिसिलाई पनि त्यस बारे जानकारी दिए । दुवैको सल्लाहा भयो शनिवार बिहान रानीहार लिएर जिल्ला प्रहरी कार्यालय कास्कीमा जाने ।

संयोग नै मान्नुपर्छ रानीहार भेट्टिएको विषय चालक बीच चल्न थालेपछि रानीहार हराउँने परिवारका सदस्यले पनि थाहाँ पाए । त्यो रानीहार पाउँने र हराउने परिवारको जिल्ला प्रहरी कार्यालयमा शनिवार बिहान भेट भयो । प्रहरी कार्यालयको रोहवरमा चालक सुरेशले रानीहार बुझाए ।

सो रानीहार पोखरा–८ सिमलचौर निवासी अर्जुन शर्माकी श्रीमती सुरक्षाको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीको रोहवरमा सुरेशले रानीहार अर्जुन शर्मालाई बुझाएका थिए । शर्मा रिजनल हस्पिटलका मेनेजर पनि हुन् । हराएको रानीहार पाउदाँ शर्मा खुशी भए । अनी उनले सुरेशको इमान्दारिताको कदर गर्दै केही नगद र खादा लगाएर सम्मान गरे ।

तीन लाख मूल्य बढीको गहना हराएपछि शर्माले पनि त्यसको खोजी नगर्ने कुरै भएन । मैलेले पनि खोजिको प्रयास गरिरहेको थिए, तर यत्ति सजिल्लै पाइएला भन्ने लागेको थिएन उनले भने, ‘उनले उदाहणीय काम गरेका छन्, चालकको इमान्दारिताबाट सवैले सिक्नुपर्छ।’

विहीवार राति शर्मा दम्पत्ति सहित दुई बालबच्चा र बुबा डिल्लिप्रसाद शर्माले सृजनाचोकको रवी महलदेखि सिमलचौरसम्म पुग्नका लागि सो ट्याक्सी प्रयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀