कास्कीका सवै क्षेत्रमा जागरण अभियान

कास्कीका सवै क्षेत्रमा जागरण अभियान

jagarad congress

पोखरा, ३ जेठ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत कास्कीका तीन वटै क्षेत्रमा कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रम भएको छ ।

नेपाली काँग्रेसको केन्द्रीय नीति अनुरुपनै कास्की काँग्रेसले प्रथम चरणमा कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रम  गरेको हो ।

पहिलो चरणको कार्यक्रम अन्तर्गत कास्कीको क्षेत्र नं. १ मा बुुधबार, क्षेत्र नं २ मा बिहीबार र क्षेत्र नं. ३ मा शुक्रबार कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस कास्कीका सदस्य नवीन सिग्देलले जानकारी दिए ।

कार्यक्रममा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लाबाट खटिएका प्रतिनिधि, क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, इकाइ सभापति, भातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधि, स्थानिय तहमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि र उम्मेदवारहरुको सहभागिता रहेको थियो ।

कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रममा बोल्ने अधिकांश सहभागिले काँग्रेस जगाउनका लागि अब नेताहरु गाउँ गाउँ पस्नु पर्नेमा जोड दिएका थिए ।

‘काँग्रेसका नेताहरु अल्छी भए, गाउँमा नेता नै छैनन् ८० प्रतिशत नेता पुरै शहरमा छन् अनि कसरी गाउँमा काँग्रेस जाग्छ’ सहभागिले प्रश्न गरे,‘अव काँग्रेसलाई जगाउने हो भने नेताहरु शहरमुखी होइन गाउँमा केन्द्रीत बन्नुपर्छ ।’

उनीहरुले काँग्रेसका भात्तृ संगठननै चलायमान नहुदा काँग्रेसले हार वेहोर्नु परेको बताउँदै संगठनलाई चलायमान बनाउन केन्द्रीय नेताहरुलाई सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै जागरण अभियानका केन्द्रीय प्रतिनिधि एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले पार्टी भित्र भएका असमझ्दारीहरु चिरेर पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्ने बताएका छन् ।

‘पार्टीमा गुट उपगुटका कुरा धेरै आएका छन्’ उनले भने,‘अव यो अभियानबाट कुनै गुट नभई सिंगो काँग्रेस भएर अगाडि वढ्नु पर्दछ ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले जागरण अभियानले कास्की काँग्रेस मजवुद हुने बताए ।

‘यो पार्टीको पहिलो चरणको कार्यक्रम हो’,सभापति केसीले भने – ‘यो कार्यक्रम लगत्तै गाउँगाउँ बस्तीबस्तीमा यो जागरण अभियान लिएर जानेछौं ।’

जागरण अभियान कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति आईबहादुर गुरुङ, क्षेत्र नं. १ का सभापति वृजमान गुरुङ, क्षेत्र नं. २ का सभापति माधव प्रसाद बास्तोला, सभापति विजयराज आचार्य, नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति पोषनाथ शर्मा, नेपाल महिला संघ कास्की सभापति कोपिला रानाभाट, महासमिति सदस्य हरिमाया गुरुङ, जिल्ला सदस्य नम्रता बराल, क्षेत्र नं. १ का उपसभापति शरदराज सुवेदी, उपसभापति मायादेवि तझ्या, क्षेत्र नं. ३ का उपसभापति कमलबहादुर गुरुङ, क्षेत्र नं. १ का सचिव कृष्णप्रसाद कोइराला, क्षेत्र नं. २ का सचिव वर्षाकेशव पराजुली र क्षेत्र नं. ३ का सचिव खिमलाल बास्तोला लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀