पोखरा, २१ वैशाख। नेपालमा मेडिसिनसम्बन्धी चिकित्सा सेवामा विशिष्ट योगदान पुर्याएवापत बेलायतको एफआरसिपी उपाधिबाट डा बुद्विबहादुर थापा विभूषित भएका छन्।
करिब चार दशकभन्दा बढी समयदेखि चिकित्सा सेवामा योगदान पुर्याउँदै आएका डा थापा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा प्रमुख कन्सल्टेण्ट फिजिसियन हुन्।
नेपालका फिजिसियनहरुको छाता संगठन सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल(साईमन) को काठमाडौंमा आयोजित १४ औँ अन्तराष्ट्रिय सम्मेलनमा डा थापासँगै नेपालका पाँच जना फिजिसियनलाई सो उपाधिबाट विभूषित गरिएको हो।
जसमा नर्भिक अस्पतालका सिनियर कन्सल्टेन्ट कार्डियोलोजिष्ट प्राडा यादव भट्ट, निदान एवं नेपाल क्यान्सर अस्पतालका पेटरोग विशेषज्ञ डा नीरज जोशी, काठमाडांै मेडिकल कलेजका न्यूरोलोजिष्ट प्राडा रवीन्द्र श्रेष्ठ र चितवन मेडिकल कलेजका प्राडा शीतल अधिकारी छन्।
उनीहरुलाई बेलायतको रोयल कलेजका अध्यक्ष प्रोफेसर डिरिक बिलले विभूषित गरेका थिए। तीन दिनसम्म चलेको सो सम्मेलनमा बेलायत, अमेरिका, इटली, भारत, पाकिस्तान, बंगलादेश र नेपालका करिब पाँच सय जना चिकित्सकको सहभागिता थियो।
बेलायतको शैक्षिक संस्था रोयल कलेज अफ फिजिसियन इडिनर्बुगको सहकार्यमा भएको सम्मेलनमा दीर्घकालीन रोगको उपचार र मेडिसिनसम्बन्धी सम्पूर्ण विधाका शोधपत्रमा छलफल भएको थियो।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं