पोखरा, २२ फागुन । मादी गाउँपालिका वडा नं ५ सुनपँदालीफाटस्थित ओमकारेश्वर शिव मन्दिरमा हुने श्रीमद्भागवत् विराट ज्ञान महायज्ञको तयारी पूरा भएको छ ।
ओमकारेश्वर शिवालय सेवा समितिले गर्न लागेको महायज्ञ फागुन २३ देखि ३० गतेसम्म चल्ने छ ।
६ फिटका एक सय आठ ओटा जलधारा सहितको शिवलिङ्ग र विष्णु शैया बनाउनका लागि अर्थ संकलन गर्ने उदेश्यले महायज्ञ आयोजना गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक भुपेन्द्रप्रसाद अधिकारीले बताए ।
त्यस्तै, मन्दिर संचालनका लागि अक्षयकोष स्थापना गर्ने तथा संस्कृत विश्वविद्यालय स्थापनाका लागि समेत पहल गर्ने बताइएको छ ।
महायज्ञबाट दुई करोड रुपैया संकलन गर्ने लक्ष्य रहेको महायज्ञ मूल आयोजक समितिका सचिव कृष्णप्रसाद गौतमले जानकारी दिए । महायज्ञ सम्पन्न गर्न १८ देखि २० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।
महायज्ञ उद्घाटनपूर्व २३ गते कलशयात्रा निकालिने छ । पोखरा – १३ काँहुखोलाबाट शुरु हुने कलशयात्रा विभिन्न स्थान परिक्रमापछि महायज्ञस्थल पुगेर उद्घाटन समारोहमा परिणत हुने छ ।
महायज्ञसँगै तुलादान, ब्रतबन्ध, योग शिविर, चौरासी पूजा, ग्रहशान्ति, सहस्र शिव पूजा अर्चना, संङ्गितमय प्रवचन गरिने छ । महायज्ञमा युवा पण्डित कमलनयन गौतमले भागवत् वाचन गर्ने छन् ।
कास्कीको पूरानो प्राचिन मन्दिर भइकन पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेकाले महायज्ञले मन्दिरको प्रचारप्रसारमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
यसअघि १४ वर्ष पहिलेपनि महायज्ञ आयोजना गरिएको थियो । त्यतिबेलाको महायज्ञबाट संकलित रकमबाट सभाहल सहितको भवन निर्माण गरिएको थियो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं