पोखरा, ६ माघ । नेपाल मुस्लिम संघको गण्डकी प्रदेश स्तरीय भेला पोखरामा शनिवार सम्पन्न भएको छ ।
नेपाल मुस्लिम संघ केन्द्रीय समितिको आयोजना तथा कास्की शाखाको व्यवस्थापनमा भेला भएको हो ।
भेला उद्घाटन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विरुद्व संसद र सडकबाट शशक्त कदम चाल्नु पर्ने समय भएको बताए ।
एक वर्षसम्म सरकारका गतिविधि चुपचाप सहदै आएको तर अब अति भएको भन्दै उनले शशक्त अघि बढ्नु पर्ने अवस्था आएको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारले मुस्लिम समुदायको मुख्य पर्व बकर इदको विदा समेत कटौती गरेर अपमान गरेको बताए ।
उनले काँग्रेस सवै धर्मलाई उत्तिकै सम्मान गर्ने भन्दै जतिसक्दो धेरै मुस्लिमलाई पार्टीमा संगठित बनाउन आग्रह गरे ।
काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले विगतको इतिहास मेटाएर र विकास भत्काएर सरकारले पूरुषार्थ प्रदर्शन गरेको बताए ।
उनले काँग्रेसलाई गालि गर्ने, कर्मचारी आतंकित पार्ने र भ्रष्टाचार गर्ने बाहेक सरकारले केही गर्न नसकेको टिप्पणी गरे ।
बरिष्ठ नेता पौडेलले देउवा र पौडेल काँग्रेस नभई काँग्रेस मात्र भएर अघि बढ्न आग्रह गरे ।
नेपाली काँग्रेसका महामन्त्री शंशाक कोइरालाले काँग्रेसले जनतालाई सडक, विद्यालय, अस्पताल दिएको भन्दै कम्युनिष्टले भ्रष्टाचार र मंहगी बाहेक केही दिन नसकेको दावी गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री तारानाथ रानाभाट, केन्द्रीय सदस्यहरु जीवन परियार, सुरेन्द्र पाण्डे, अर्जुन जोशी, फर्मुला मन्सुर, प्रदिप पौडेल, कास्की काँग्रेसका सभापति कृष्ण केसी, पूर्वसभापति शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञबहादुर थापा, मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष हाजि रफिक मियाँ, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, नेपाल महिला संघकी केन्द्री उपाध्यक्ष सरस्वती तिवारी, नेपाल मुस्लिम संघ कास्कीका अध्यक्ष हारुन खान पठान, सहित्यकार हनिफ मियाँ लगायतले बोलेका थिए ।
नेपाल मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डा. अताबुल मन्सुरले स्वागत र महासचिव मोखतार अहमद्ले कार्यक्रम संचालन गरेका थिए ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं