पोखरा, ९ मंसिर । लोकतान्त्रिक वैचारिक प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको संयोजकमा मोतिराज तिमिल्सिना चयन भएका छन् ।
लोकतान्त्रिक वैचारिक प्रतिष्ठान नेपालको पोखरामा भएको प्रदेश स्तरीय भेलाले तिमिल्सिनालाई संयोजकमा चयन गरेको हो ।
गण्डकी प्रदेशमा रहेका सवै जिल्लालाई समेटेर छिट्टै नै प्रतिष्ठानलाई पूर्णता दिने गण्डकी प्रदेश संयोजक तिमिल्सिनाले बताए ।
यसअघि कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीका क्षेत्रीय सभापति पोषनाथ शर्माले लोकतन्त्रको पक्षमा वैचारिक वहस गर्न प्रतिष्ठान अग्रसर हुनु पर्ने बताए ।
कार्यक्रममा लोकतान्त्रिक वैचारिक प्रतिष्ठानका महासचिव विष्णुप्रसाद अधिकारीले प्रतिष्ठानको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा डिएलए कास्कीका अध्यक्ष विष्णुप्रसाद शर्मा मरासिनी, जनप्रिय क्याम्पस कल्याणकारी क्लबका संस्थापक प्रकाशदेव पालिखे, अधिवक्ता नारायण प्रसाद पौडेल, नेपाली काँग्रेसका आमन्त्रित जिल्ला सदस्य दिनेशराज पौडेल, संवाद नेपालका अध्यक्ष निलकण्ठ शर्मा, नेपाली काँग्रेस पोखरा–७ का इकाइ सभापति नविनराज बराल, इकाइ सभापति दुर्गा सुवेदी, नेपाली काँग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सदस्य लक्ष्मीप्रसाद पौडेल, विद्यार्थी नेता विश्वराज पौडेल, विद्यार्थी नेता डिफान भुजेलले बोलेका थिए ।
लोकतान्त्रिक वैचारिक प्रतिष्ठान नेपालका अध्यक्ष रामचन्द्र पौडेल (आरसी विमल) को अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार सुकदेव काफ्लेले स्वागत र सन्तोष पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं