पोखरा, ३ भदौ । नेपाली काँग्रेस पोखरा महानगर समितिले बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको छ ।
समितिले आइतबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिलाई ध्यानाकर्षण पत्र बुझाउँदै बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको हो ।
ध्यानाकर्षण पत्रमा विकासका पूर्वाधार खडा गरी क्रमश ः करको दर भन्दा दायरालाई फराकिलो पार्नु पर्नेमा स्वायत्तत्ताको नाममा अस्वभाविक रुपमा बढाइएको करप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।
नेपाली काँग्रेस पोखरा महानगर समितिका सभापति बजिरमान श्रेष्ठ, सहसभापति राजेन्द्रमणि लामिछाने, उपसभापतिद्वय सुरेन्द्रमान बिजुक्छे र डम्बरबहादुर थापाद्वारा हस्ताक्षर गरी बुझाइएको ध्यानाकर्षण पत्रमा बढाइएको कर फिर्ता नलिए जनताको पक्षमा थप दबाबमूलक कार्यक्रमका साथ अघि बढ्ने चेतावनी समेत दिइएको छ ।
ध्यानाकर्षण पत्रमा करको दरमा तीनदेखि सात गुणासम्म बृद्वि गरिदाँ नगरबासिलाई नकारात्मक प्रभाव परेको उल्लेख छ ।
२०७२ असोज १ गते तत्कालिन पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकाले एकिकृत सम्पत्ति कर लागु गर्दा आगामी पाँच वर्षसम्म कर नबढाउने निर्णय गरेको समेत स्मरण गराइएको छ ।
त्यस्तै, कर बढाउने नाममा एकै व्यत्तिलाई दोहोरो, तेहरो करको चपेटमा परेकोभन्दै समससापेक्ष र वैज्ञानिक कर प्रणाली लागु गर्न पनि माग गरिएको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं