पोखरा, १ साउन। नेपालमै पहिलो पटक पोखरामा फोहरजन्य प्लाष्टिकको प्रयोग गरी बाटो पीच गरिएको छ।
पोखरा महानगरपालिका वडा १४, चाउथे अनुपमटोलस्थित बी एण्ड बी मार्गमा प्लाष्टिक प्रयोग गरी १ सय मिटर बाटो पीच गरिएको हो।
सो बाटो पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र गण्डकी प्रदेशका सदस्य बिन्दुकुमार थापाले मंगलबार संयुक्त रुपमा उद्घाटन गरे।
ग्रीन रोड वेष्ट म्यानेजमेण्टले साढे ६ लाख रुपैयाँ’ लागतमा बाटो पीच गरेको हो। पीचका लागि करिब तीन सय केजी प्लाष्टिक प्रयोग भएको छ।
प्लाष्टिकको प्रयोग गरी कम पैसामा बलियो पीच बनाउन सकिने ग्रीन रोड वेष्ट म्यानेजमेण्टका संचालक सञ्जीव बास्तोलाले जानकारी दिए।
प्लाष्टिकको प्रयोग गरी अलकत्राको मात्रा घटाइने भएकाले एक किलोमिटर पीच गर्दा करिब २ लाख रुपैयाँ बचत हुने उनको भनाइ छ।
उनले ग्रीन रोड वेष्ट म्यानेजमेण्टले कुहिने फोहरबाट बायो ग्यास उत्पादन गर्ने र नकुहिने प्लाष्टिक पीच बाटो निर्माणका लागि उपयोग गर्न चाहेको उल्लेख गरे।
पोखराका बढी वर्षा हुने भएकाले प्लाष्टिक प्रयोग गरी बनाइएको पीच बढी उपयोगी हुने उनको भनाइ छ।
बढी टिकाउँसँगै खाल्डाखुल्टी नपर्ने र पानी नसोस्ने दाबी गर्दै उनले भने, ‘प्लाष्टिकका कारण भैरहेको प्रदूषण नियन्त्रण गर्न समेत टेवा पुग्ने छ।’
नेपालमा पहिलो पटक प्लाष्टिक प्रयोग गरी पीच बनाइएको भए पनि भारतमा १ लाख किलोमिटर, भुटानमा २ सय किलोमिटर सडक प्लाष्टिकको प्रयोग गरी पीच बनाइएको छ। त्यस्तै, युके र अष्ट्रेलियामा पनि त्यसरी नै पीच गरिएको छ।
– अादर्श समाज सम्वाददाता
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं