पोखरा, २५ असार । तनहुँको शुक्लागण्डकी–३, वनकेवामा अवस्थित निर्मल आधारभूत प्राविको सहयोग र आफ्ना गुरुको सम्मानमा निर्मल अक्षय कोष निर्माण गरिएको छ ।
विद्यालयका पूर्व विद्यार्थी समेत रहेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धि बहादुर थापाको सक्रियतामा करिव ९ लाख रुपैयाको अक्षय कोष बनाइएको हो ।
अक्षय कोषका लागि विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी, शुभचिन्तक तथा शिक्षासेवीले रकम प्रदान गरेका हुन् । सो रकमको ब्याजबाट निजी स्रोतका शिक्षकलाई तलब खुवाइने अक्षय कोषका संयोजक एवम् पूर्व विद्यार्थी मोहन बहादुर थापाले जानकारी दिए ।
हालसम्म ८ लाख ७१ हजार ६ सय रुपैया संकलन भइसकेको छ, थपिने क्रम चलिरहेको छ,’ उनले भने – ‘यो कोषमा नगरपालिका र वडा कार्यालय पनि सहभागि भई विद्यालयको गुणस्तरमा सहयोगी बन्नुपर्ने अवस्था आएको छ ।’
वि.स. २०१३ सालमा स्थापित सो विद्यालयमा वार्षिकरुपमा विद्यार्थी संख्या घट्दै गएका छन् । आफूले अध्ययन गरेको विद्यालय र जन्मस्थानमा केहि गरौ भन्ने उदेश्यले यो अभियान शुरु गरेको हुँ, डा. थापाले भने – ‘यसमा सबैको सहयोग हुने विश्वास लिएको छु ।’
उनले अगाडी थपे – ‘विद्यालयमा आउँदा मलाई बच्चापनमा स्याउलाले बारेर पढेको याद आउँछ, साथै गुरु गणेश बहादुर रावतले गणित पढाएको सम्झने गर्छु, अक्षय कोषले गुरुको पनि सम्मान गरेको महसुस गरेको छु ।’
डा. थापा सो विद्यालयमा वि.स. २०१८ सालमा कक्षा १ देखि ५ सम्म अध्ययन गरेका थिए । उनका गुरु ९८ वर्षिय रावतलाई स्वास्थ्य जाँच गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सो कोषमा पूर्व विद्यार्थीहरु प्रा.डा. चन्द्र बहादुर थापा, शिक्षासेवी शिव बहादुर कार्की, भक्त बहादुर रिमाल, मोहन बहादुर थापा, सुर्य बानियाँ मुक्ति तिम्ला, हर्क बहादुर कार्की, प्रदिप थापा लगायतले सहयोग गरेका छन् ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं