पोखरा, १७ असार । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएको घटना सँग जोडेर भइरहेका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रशासनसँग विभिन्न तीन बुँदे माग गरेको छ ।
काँग्रेसले आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण सँगै तीन बुँदे माग गरेको कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
कास्की काँग्रेसले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाले बेपत्ता सम्वन्धि घटनाको अनुसन्धान पूरा नहुदै अनुसन्धानमा रहेका सूचनाहरु सार्वजनीक गरेको र पोखरा महानगरपालिकाले राजनैतिक आधारमा घटनालाई तोडमोड गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरी उपरीक्षक रानाले अनुसन्धानमा रहेको घटनाको सूचनाहरु सार्वजनीक गर्नु सान्र्दभिक छैन ज्ञापनपत्रमा भनिएको छ – ‘मानवीय संवेदनशीलतालाई समेत बेवास्ता गरी राजनैतिक आधारमा घटनालाई तोडमोड गर्ने पोखरा महानगरपालिकाप्रति गम्भिर आपत्ति छ।’
पोखरा महानगरपालिकाले असार १६ गते शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ उपरीक्षक राना उपस्थित भई अनुसन्धानका क्रममा रहेका सूचना सार्वजनीक गरेका थिए । कास्की काँग्रेसले त्यसलाई घटना तोडमोड गर्ने प्रयासका रुपमा उल्लेख गरेको हो ।
ज्ञापनपत्रमा बेपत्ता भएको नौ दिन पुगेको भन्दै प्रशासन र सम्वन्धित सरकारी निकायबाट भइरहेको खोजी कार्य प्रभावकारी बनाउन भनिएको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा बेपत्ता पौडेलको खोजी र घटना छानबिनका लागि उच्चस्तरीय वैधानिक समिति गठन गरी सत्यतथ्य सार्वजनीक गर्न, कार्यालयले बरिष्ठ अधिकृत पौडेललाई जिम्मेबारीबाट हटाउने तथा मनोबल गिराउने गरी गरिएका गतिविधि छानविन गर्न र राजनैतिक पूर्वाग्रहका आधारमा अन्य कर्मचारीलाई सरुवा भई आउँदा हाजिर नगराउने तथा कार्यरत कर्मचारीलाई जिम्मेबारीबाट अलग्याउने जस्ता गतिविधि रोक्न माग गरेको छ ।
घटनापछि पोखरा महानगरपालिका र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राना समेत गैरजिम्मेबार भएर प्रस्तुत भएको पायौ ज्ञापनपत्र बुझाउँदै कास्की काँग्रेसका सभापति केसीले भने – ‘यसप्रति हाम्रो ध्यानाकर्षण हुनुको साथै आपत्ति छ ।’
काँग्रेसका नेता शुक्रराज शर्माले बेपत्ता भएको घटनाप्रति पूर्वाग्रही बने गम्भिर अवस्था सृजना हुने उल्लेख गरे ।
ज्ञापनपत्र बुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बेपत्ता पौडेलको खोजी भैरहेको जानकारी दिए ।
उनले बरिष्ठ अधिकृत पौडेललाई मनोवैज्ञानिक तनाव दिएको भए त्यसबारेमा पनि छानविन गरिने स्पष्ट पारे ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं