पोखरा, २८ जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आइतबारदेखी आन्दोलनमा उत्रेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी युनियनको आव्हानमा अस्पताल सुधार तथा आफ्ना पेशागत माग सहित कर्मचारीहरु आन्दोलित भएका हुन् ।
आन्दोलन स्वरुप आइतबार कर्मचारीहरुले हातमा कालोपट्टि बाँधेर काम गरेका छन् । सोमबार र मङ्गलबार पनि हातमा कालोपट्टि बाँधेर काम गर्ने र बुधबार, बिहिबार, शुक्रबार बिहान १० देखि ११ बजेसम्म लायन्स पार्कमा धर्ना दिने छन् ।
आइतबारसम्म पनि मागको सुनुवाइ नभए सोही दिन छलफल पछि नयाँ आन्दोलनका कार्यक्रम सार्वजनीक गरिने बताइएको छ ।
तीन पटकसम्म प्रतिष्ठानका उपकुलपतिलाई माग बारे जानकारी गरायौं तर कुनै सुनुवाइ भएन कर्मचारी युनियनका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले भने – ‘त्यसैले चरणबद्व आन्दोलनका उत्रन बाध्य भयौं।’
उनले सेवाग्राहि प्रभावित नहुने गरी आन्दोलनका कार्यक्रम ल्याउने स्पष्ट पारे । आवश्यक परे प्रशासन ठप्प पार्छाै अध्यक्ष डा. श्रेष्ठले भने – ‘तर सेवाग्राहिलाई असर पु¥याउदैनौं।’
कर्मचारी युनियनले अस्पताल सुधारका लागि भन्दै महिनौं देखि बिग्रेका उपकरण मर्मत गर्न, फार्मेसीमा पर्याप्त औषधी उपलब्ध गराउन, सरसफाइमा ध्यान दिन, प्रयोगशालामा सवै खाले परिक्षण सेवा शुरु गर्न, अप्रेशन सेवा बढाउन माग गरेको छ । त्यस्तै, आईसियूमा बेड बढाउन र विभिन्न स्रोतको आम्दानी पारदर्शी गर्न पनि माग गरेको छ ।
कर्मचारीको पेशागत हकका लागि भन्दै अस्थायी, करार तथा स्थायी कर्मचारीको समस्या समाधान गर्न माग गरेको छ ।
कर्मचारी युनियनले प्रक्रिया पु¥याएर अस्थायी र करारलाई स्थायी गर्न र स्थायीको स्तरबृद्वि गर्न माग गरेको हो ।
अस्पताल सुधारका लागि कर्मचारीको मनोबल समेत उकास्नु पर्ने युनियनको भनाइ छ।
भर्खरै
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं