खड्गको एकल साँझ

खड्गको एकल साँझ

Khadga-Garbuja-690×388

पोखरा, २२ वैशाख। चर्चित लोकगायक खड्ग गर्बुजामगर पोखरामा शनिबार एकल साँझमा प्रस्तुत भए।  मगर सांस्कृतिक संघद्वारा आयोजित एकल साँझमा उनले सालैजो (पानी खायो बाघैले), यानीमाया, सोरठी, कौरा, शिरफूल, ठाडो भाका लगायत १७ वटा गीत प्रस्तुत गरे।

‘म्याग्दी तिरैतिर’ बोलको पहिलो गीत गाएर लोक गायनयात्रा शुरु गरेका खड्गले दोस्रो गीत ‘यानीमाया’ गाए।  शारीरिकरुपमा अपांगता भएका खड्गले पोखरा सभागृहको हलमा आफ्नो एकल साँझमा एक दर्जन एकल गीत र आधा दर्जन जति युगल गीत गाए।

जीवनमा ठूलो चोट लागेर गायन क्षेत्रमा प्रवेश गरेका खड्गले पहिलो गीत ‘हाँसी खेली सुन रिमै’ बोलको गीतबाट एकल साँझको शुरुवात गरेका थिए। जुन गीत खड्ग अपांगता बनेपछि गाएको पहिलो गीत थियो। २०४२ सालमा म्याग्दीको अर्निभीरबाट लडेर खड्ग घाइते बनेका थिए। उनका दुवै खुट्टा चल्दैनन् र ह्वीलचियरको सहारामा गुड्छन्।

‘म देश र नेपाली संगीतको सेवा गर्न कलाकार भएको होइन, म आफ्नो वेदना पोख्न गीत गाउँदागाउँदै सामान्य गाइनेमात्रै भएको हुँ,’ खड्गले साँझ शुरुअघि गायनयात्राबारे भने, ‘मैले जति पनि सम्मान र माया पाएको छु, गीतसंगीत र अपांगता भएकै कारण पाएको छु र जति उपेक्षित, अपहेलित र विभेदित भएको छु, अपांगता भएकै कारण भएको छु।’

‘पानी खायो बाघैले’ सालैजो भाकामा अन्तिम युगल गीत गाएर एकल साँझ अन्त्य गरेका थिए।  ‘बाबरी फूलेको’, ‘डाली पलायो’, ‘शिरफुले माया’ लगायत युगल गीतमा खड्गलाई मीना गर्बुजा, नीता पुन र मीरा रोकाले साथ दिए। प्रदेश ४ का भूमि व्यवस्था, कृषि सहकारीमन्त्री लेखबहादुर थापामगरले मादल बजाएर एकल साँझ उद्घाटन गरेका हुन्। सो क्रममा मन्त्री थापामगरले मगरहरुको भाषा, लिपी, कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा खड्गले लेखेका आफ्नै आत्मकथा ‘मोडिएको बाटो’ को मन्त्री थापाले विमोचन समेत गरे। काठमाडौं नयाँ बानेश्वर थापागाउँस्थितस्थित घोस्ट राइटिङ नेपालद्वारा प्रकाशित कृतिको सम्पादन पत्रकार अमृत दाहालले गरेका हुन्। करिव ४३ भन्दा बढी शीर्षकमा आफ्नो बाल्यकाल, पारिवारिक अवस्था, लोकगीत गायनयात्रा, जीवनमा आफूले भोगेका सम्मान एवं अपमान, संघर्षका कथा र प्राप्त उपलब्धिलाई समेटेर खड्गले किताबको आकार दिएका छन्।    उनले पुस्तकमा लेखेका छन्, ‘मैले यो पुस्तक ठूलो नाम कमाउँला भनेर लेखेको होइन। धेरै धन कमाउँला भनेर पनि लेखेको होइन। जीवनलाई अलिखित रुपमै मेरो मृत्युसँग अन्त्य हुन दिनुभन्दा लिखित दस्तावेजका रुपमा एउटा पुस्तकको आकार दिन पाए मेरो मृत्युपछि वा अघि जसले पढे पनि मेरो जीवन-संघर्षबारे थाहा पाओस् भन्ने नै मूल ध्यय हो।’

रेडियो नेपालद्वारा २०५४ मा आयोजित देशव्यापी लोकगीत प्रतियोगितामा तृतीय हुन सफल खड्ग गर्बुजामगर २०५९ मा गोरखा दक्षिणबाहुबाट सम्मानित भएका थिए।  त्यसैगरी, जनकल्याण पुरस्कार थापाथली काठमाडौं-२०५६, उत्कृष्ट राष्ट्रिय प्रतिभा पुरस्कार-२०५७, मास्टर मित्रसेन स्मृति प्रतिष्ठान सम्मान-२०६१, विश्वशान्ति सांगीतिक कार्यक्रम अभिनन्दन-२०६१, गोरखा म्यूजिक सम्मान-२०६३ लगायत साढे ३ दर्जनभन्दा बढी पुरस्कार तथा सम्मानबाट उनी सम्मानित भइसकेका छन्।

– अादर्श समाज सम्वाददाता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

दक्षिण कोरियामा दक्ष कामदार पठाउने ढोका खुल्दै
सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀