पोखरा, २२ बैशाख । तमु जातिको नयाँ वर्ष ल्होछार बिदा कटौती विरुद्ध तमु धिं नेपाल आन्दोलित हुने भएको छ ।
संघर्ष गरी ल्होछारमा प्राप्त एक दिन सार्वजनिक बिदा पनि कटौती गरी तमु जातिको नयाँ वर्ष अथवा पर्वको अपमान गरेको भन्दै तमु धिं नेपालले बिदा कटौती विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो।
बिभेदमा पारिएको महसुस गरेका जनता, समुदाय, क्षेत्र, वर्गलाई संघीय लोकतान्त्रिक गणतान्त्रिक सरकारले अधिकार प्रदान गर्ला र सेवा सुविधा थपिदै जाला भनेको त ल्होछारमा प्राप्त बिदा पनि कटौती गर्नु दुखदायी भएको भन्दै आन्दोलनबाटै गुमेको बिदा स्थापित गर्ने तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको भनाइ छ।
चाडपर्व बिदा कटौतीको नाममा ल्होछार बिदा कटौती गरिनु तमु जातिकै घाँटी निमोठे जस्तो हो, हामी सहन सक्दैनौं, आन्दोलनबाटै हिसाव किताव गर्ने उनले चेतावनी दिइन् ।
ल्होछार बिदा कटौती फिर्ता गर्न सरकारसँग माग गर्दछौं, हाम्रो अपेक्षा छ सरकारले सुन्नेछ, यदि सुन्दैन भने आन्दोलन गर्न बाध्य हुने अध्यक्ष तमुको भनाइ छ। ।
ल्होछार बिदा आन्दोलनका लागि अन्य तमु संघ संस्था र विभिन्न समुदायसँग छलफल अघि बढाइने छ।
यसरी नै तमु धिं नेपालले आफ्नो ३३ औं स्थापना दिवसको अवसरमा तमु धिं नेपाललाई विषेश योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।
आउदो जेठ पाँच गते स्थापना दिवसको अवसरमा तमु धिं नेपालका पुर्व व्यवस्थापन संयोजक तथा तमु सेवा समिति नयाँबजारका पुर्व अध्यक्ष पदमबहादुर गुरुङ, नापी कार्यालयमा कार्यरत तमु धिं नेपालको आजीवन सदस्य हुमबहादुर गुरुङ, पुर्व सभासद् डिवी नेपाली र बौद्व शिक्षामा विद्यावारिधी गरेका बौद्ध अर्घौ सदनका प्रमुख लामा खेन्पो सिर लामा गुरुङलाई सम्मान गरिने महासचिव गिरीप्रसाद गुरुङले जानकारी दिए ।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं