दुवै छोरा अपाङ्गता, लायन्स आदर्श चौतारीको सहयोग

दुवै छोरा अपाङ्गता, लायन्स आदर्श चौतारीको सहयोग

DSC00581

पोखरा, १९ वैशाख। लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले अपाङ्गता भएका एकै घरका दुई जनालाई आर्थिक सहयोग गरेको छ।

क्लबले पोखरा लेखनाथ महानगरपालिका वडा १३ आर्वास्थित डिहीका एकैघरका अपाङ्गता दाजुभाइ ३१ वर्षीय क्षेत्रबहादुर नेपाली र २६ वर्षीय शिवकुमार नेपालीलाई सहयोग गरेको हो।

क्लबका रिजन चेयरपर्सन बालाकृष्ण शर्मा, एक्सटेन्सन चेयरपर्सन कमल बस्नेत, चार्टर्ड प्रेसिडेण्ट बासु कोइराला र क्लबका अध्यक्ष दयाशंकर गौतमले उनीहरुकी आमा देवकुमारी नेपालीलाई सहयोग हस्तान्तरण गरेका थिए।

क्लबले सहयोग स्वरुप नगद २५ हजार प्रदान गरेको छ। क्लबका रिजन चेयर पर्सन बालाकृष्ण शर्माले ५ हजार तथा क्लबका कोषाध्यक्ष किशोर रञ्जितका पिता लोकबहादुर रञ्जितले ८ हजार बराबरको खाद्यान्न सहयोग गरेका थिए।

अपाङ्ता भएका क्षेत्रबहादुर र शिवकुमार जन्मेदेखिकै अपाङ्गता हुन्। पूर्णबहादुर÷देवकुमारी नेपालीका ५ सन्तानमध्ये २ छोरा नै अपाङ्गता रहेकोमा ३ छोरी भने साङ्ग छन्।

आर्थिक अवस्था कमजोर रहेको नेपाली परिवार आफैले अपाङ्गता भएका छोराहरुको लालनपालन गर्र्दै आएको छ। । तीन छोरीमध्ये २ जनाको बिहे भैसकेको छ भने जेठी छोरी सीता नेपाली आमा÷बाबा र अपाङगता भएका भाइहरुको सहारा बनेकी छन्। आमा÷छोरी आलोपालो मेलापात गरी परिवार चलेको छ।

‘एक त आर्थिक अवस्था कमजोर, त्यसमाथि दुई अपाङ्गता छोरा के गर्ने, जसोतसो परिवार आजसम्म धानिएको छ,’ आमा देवकुमारी नेपालीले भनिन्, ‘एक वर्षअघिदेखि विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोग आउन थालेको छ।’

चार वर्षको उमेरसम्म त भ्यागूतो उफ्रेझंै उफ्री–उफ्री डुल्थे, त्यसपछि भने थलिएको उनको भनाइ छ। घरीघरी हाँस्न खोज्ने तर बोल्न नसक्ने, टाउको तलको शरीर गुटुमुटिएको, खुट्टाले टाउको धानिएको अवस्थामा छन् उनीहरु। देख्नेहरु भावविह्वल बन्छन्।

राहत लिएर नेपालीको घरमा पुगेका लायन्स आदर्श चौतारीका रिजन चेयरपर्सन बालाकृष्ण शर्माले उनीहरुको अवस्थाले आफूलाई भावविह्वल बनाएको बताए। ‘उनीहरुलाई आजसम्म बचाउन पनि परिवारको निकै ठूलो मेहनत छ,’ उनले भने। क्लबका एक्सटेन्सन चेयरपर्सन कमल बस्नेतले उनीहरुका लागि सहयोग जुटाउन पहल गर्ने बताए।

आर्थिक अवस्था कमजोर रहेको र एउटै घरमा अपाङ्गता दाजुभाइ रहेको सुनेपछि क्लब सहयोग गर्न जुटेको अध्यक्ष दयाशंकर गौतमको भनाइ छ। ‘दुःख र समस्यामा रहेकाको सेवा गर्नु नै धर्म हो,’ उनले भने, ‘यो परिवारलाई सहयोग गर्नका लागि सबै जुटौं।’

क्लबका चार्टर्ड प्रेसिडेन्ट बासु कोइराला र सचिव शिव नेपालीले सो परिवारलाई सहयोग गर्नु सबैको कत्र्तव्य भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
01 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 30 Jun 2025 19:05 UTC
Latest change: 30 Jun 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.22up
Indian Rupee 
Indian Rupee
85.72up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85
British Pound 
British Pound
0.73
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
144.29down
US Dollar 
US Dollar
1
01 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 30 Jun 2025 19:05 UTC
Latest change: 30 Jun 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀