कांग्रेस बैठक स्थगित

कांग्रेस बैठक स्थगित

congress

कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबारसम्मका लागि स्थगित गरिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विजय गच्छदारले बोलेपछि बैठक स्थगित गरिएको हो ।

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार केन्द्रीय कार्यसमितिले गर्ने निर्णयहरुमा सहमति जुटाउनका लागि बैठक स्थगित गरिएको हो । सभापति शेरबहादुर देउवाले शुक्रबार नै बैठक स्थगित गर्ने तयारी गरेका थिए । त्यहीअनुसार महामन्त्री सशांक कोइरालाले निर्णयका लागि बैठकमा प्रस्तुत गर्ने प्रस्ताव समेत बनाएका थिए ।
बैठकमा महासमिति बैठकको मिति र स्थान, विधान संशोधन मस्यौदा समिति गठन, केन्द्रीय निर्वाचन समिति गठनलगायत विषयमा निर्णय लिने सभापति देउवाको तयारी छ । तर, वरिष्ठ नेता पौडेल पक्षले विधानविपरीत गठन भएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विघटनको निर्णय समेत हुनुपर्ने पक्षमा छ । दुई समिति विघटन गर्ने निर्णय नभएमा असहमति जनाउँदै फरक मत लेख्ने तयारीमा पौडेल पक्ष रहेको एक केन्द्रीय सदस्यले बताए ।
महासमिति बैठक पनि केही पछि धकेल्ने योजनामा संस्थापन पक्ष छ । तर, पौडेल पक्षले जेठ महिनाभित्रै महासमिति बैठक बोलाउनु पर्ने माग गर्दै आएको छ । सभापतिले एकल ढंगले यी विषयको निर्णय गराउन खोज्दा पार्टीमा विवाद बढ्न सक्ने भएकाले सहमतिको प्रयास भएको हो । ‘केन्द्रीय कार्यसमितिमा साथीहरुले उठाएका सबैको भावना समेट्ने गरी प्रस्ताव पारित गर्नुपर्छ, जसले कांग्रेसलाई नयाँ उर्जा र विश्वासको साथ अघि बढ्न प्रेरणा देवस’ केसीले भने, ‘त्यसैका लागि केन्द्रीय कार्यसमितिमा सहमतिका साथ प्रस्ताव आउनु पर्छ भनेर मैले जोड दिएको हुँ ।’
शुक्रबारको बैठकमा वरिष्ठ नेता पौडेलले निर्वाचन हारको जिम्मेवारी पार्टी सभापति देउवाले लिनुपर्ने आफ्नो अडान दोर्‍याए । उनले पार्टी सभापतिको कार्यशैली र गलत निर्णय नै निर्वाचन हारमा प्रमुख कारण देखिएको बताउँदै आफूमाथि लगाइएको प्रश्नमा जवाफ समेत दिएका थिए । पौडेलले पार्टीमा सबैभन्दा अघि पार्टी सभापति देउवाले एक पद एक व्यक्तिको मुद्दा उठाएको भन्दै त्यसको पालना किन नगरिएको भन्ने प्रश्न गरेका थिए । ‘पहिला तपाईले एक व्यक्ति एक पदको कुरा उठाउनु भएको हो । आफूलाई पर्दा उठाउने तर आफूले पाउँदा चाहिँ नछाड्ने ? पौडेलले भने, ‘गिरिजाप्रसाद कोइरालाले ०५१ सालमा पार्टी पराजित भएका बेला संसदीय दलको नेता छाड्नु भएको थियो । यसपाली तपाईले पनि छाडेर अरु साथीलाई नै जिम्मेवारी दिनुहोस् भने । तर मान्नु भएन । भोगको राजनीनीतिले मान्छेलाई महान् बनाउँदैन । त्यागले मान्छेलाई महान् बनाउँछ ।’
पौडेलले विधान विपरितका दुई समिति विघट्नको माग समेत गरेका छन । तर, देउवा पक्ष त्यसका लागि तयार देखिएको छैन । नेता गच्छदारले शुक्रबार पनि करिव एक घण्टा बोले । उनले विहीबार पनि करिव तीन घण्टा मन्तव्य राखेका थिए । गच्छदारले आफू कांग्रेसमा प्रवेश गरेदेखि, पार्टी विभाजन, संघीय समाजवादी फोरममा प्रवेश देखि आफ्नै नेतृत्वमा गठन भएको फोरम लोकतान्त्रिक पार्टीको स्थापना समेतको इतिबृति बैठकमा प्रस्तुत गरेका थिए । उनले नेतृत्व गरेको फोरम लोकतान्त्रिक पार्टी निर्वाचन अघि मात्रै कांग्रेसमा विलय भएको हो । कांग्रेसमा विलय बन्दा भएको समझदारीको मर्म अनुसार तत्कालिन फोरम लोकतान्त्रिका नेता तथा कार्यकर्ताको समायोजनको प्रस्ताव समेत गच्छदारले बैठकमा प्रस्तुत गरेका छन ।
                                                                                                           साभार ः कान्तिपूर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

दक्षिण कोरियामा दक्ष कामदार पठाउने ढोका खुल्दै
सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
10 Aug · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 10 Aug 2025 00:50 UTC
Latest change: 09 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.26
Indian Rupee 
Indian Rupee
87.62
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
147.8
US Dollar 
US Dollar
1
10 Aug · FX SourceRastra 
Nepal Rastra bank
Check: 10 Aug 2025 00:50 UTC
Latest change: 09 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀