पोखरा, १२ वैशाख । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) केन्द्रिय कार्य समिति काठमाडांैको आयोजना तथा क्षेत्रीय पशु सेवा तालिम केन्द्र पोखराको संयोजनमा बुधबारदेखि पशु प्रजनन् तथा कृत्रिम गर्भाधान तालिम शुरु भएको छ ।
कृत्रिम गर्भाधान गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले आयोजित तालिम २३ गतेसम्म चल्नेछ । तालिममा ललितपुर, नुवाकोट, मकवानपुर, चितवन, रोल्पा, सुर्खेत, दाङ्ग, कपिलवस्तु, रुपन्देहीका १८ जना सहभागि छन् ।
तालिम उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं प्रदेश नं ४ का प्रदेशसभा सदस्य कुमार खड्काले समयअनुसार आवश्यक पर्ने सिप सिक्नुपर्नेमा जोड दिए ।
त्यसअवसरमा क्षेत्रीय पशु सेवा निर्देशनालय पोखराका निर्देशक डा. मनबहादुर पुन, राष्ट्रिय पशु प्रजनन् केन्द्र पोखराका प्रमुख डा. हेम अवस्थी, पशु विकास फार्म पोखराका फार्म प्रवन्धक शम्भुराज पाण्डे, क्षेत्रीय पशु सेवा निर्देशनालय पोखराका अधिकृत डा. राकेश प्रजापति, जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डा. पुरुषोत्तम त्रिपाठी, क्षेत्रीय पशु सेवा तालिम केन्द्र पोखराका बरिष्ठ तालिम अधिकृत डा. विजयकुमार श्रेष्ठले बोलेका थिए ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ कास्कीका अध्यक्ष ठगेन्द्रप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रम केन्द्रिय महासचिव सुरेशकुमार श्रेष्ठले संचालन र सल्लाहाकार शहदेव पौडेलले स्वागत गरेका थिए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं