पोखरा, ९ बैशाख । महिला तथा बाल कल्याण कुञ्ज पोखरा – १३ ले वातावरण तथा फोहोरमैला व्यवस्थापन सम्वन्धि एक दिने तालिम गरेको छ ।
संस्थाका सदस्यहरुलाई वातावरणको महत्व बारे जानकारी दिई फोहोरमैला व्यवस्थापनमा प्रेरित गर्ने उदेश्यले तालिम गरिएको हो । तालिममा ५० जना सहभागि थिए । तालिममा वातावरणविद् अभयकान्त सिग्देलले सहजिकरण गरेका थिए ।
तालिम उद्घाटनगर्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ का वडाध्यक्ष दर्शन लामाले वडालाई फोहोरमैला मुक्त बनाउनका लागि सवैको सहयोग आवश्यक भएको उल्लेख गरे ।
भगवती हाइड्रोपावरका निर्देशक ई. बसन्तमोहन भट्टराईले वातावरणका लागि फोहोरमैला व्यवस्थापन मुख्य आवश्यकता भएको बताए ।
महिला तथा बाल कल्याण कुञ्जकी पूर्वअध्यक्ष उषा सिग्देलले संस्थाले समाजको आवश्यकता हेरी आफ्ना गतिविधि संचालन गर्दै आएको बताइन्।
कार्यक्रममा पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देल, संस्थाका सल्लाहाकार ज्ञानेन्द्रप्रसाद सिग्देल, पृथ्वीधर सिग्देल समाजका पूर्वअध्यक्ष शरदकान्त सिग्देल, महिला तथा बाल उत्थान मञ्चकी अध्यक्ष विष्णु कार्की, नेपाल परिवार नियोजन संघका सभापति अर्जुन सिग्देल, संस्थाका सदस्य सत्यदेवी खनालले बोलेका थिए ।
महिला तथा बाल कल्याण कुञ्जकी अध्यक्ष लक्ष्मी सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्तिदेवी सिग्देलले स्वागत र सचिव मैया सिग्देलले संचालन गरेकी थिइन।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं