पोखरा, ८ वैशाख । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ कास्कीमा लामो समयदेखि नेतृत्व विवाद र नेतृत्व रिक्त थियो । करिब ९ बर्षको विवाद र डेढबर्षको नेतृत्व रिक्तता अन्त्य भएको छ । शुक्रबार नेवि संघ केन्द्रले नयाँ सभापति नियुक्त गरेपछि नेविसंघ कास्कीको लामो समयको अवरोध सकिएको हो । नेविसंघ अध्यक्ष नैनसिंह महरले विकास थापालाई कास्की नेविसंघको सभापति चयन गरेका हुन् ।
संगठन विस्तार गरी तीन महिनाभित्रै जिल्ला अधिवेशन गर्नुपर्ने जिम्मेवारी सहितको नियुक्ती पत्र शुक्रबार पठाईएको हो । ‘बर्षौंदेखिको विवाद र रिक्तताले कास्कीको सांगठानिक गतिविधि कमजोर भैरहेको थियो, अध्यक्ष महरले भने– ‘रिक्त पदपुर्ति गरेर संगठनलाई चुस्त बनाउन सभापति चयन गरिएको हो ।’ जिल्ला र केन्द्रिय नेताहरुको सुझावका आधारमा थापालाई सभापति बनाएको महरले बताएका छन् । लामो समयको छलफलपछि नै थापा जिल्ला सभापतिमा मनोनयन भएका हुन् केन्द्रीय सदस्य भानु ढकालले भने – ‘अधिवेशनका लागि यो राम्रो विकल्प हो ।’
नवनियुक्त सभापति थापा यसअघि नै कास्की नेवि संघको कार्यवाहक सभापति भएर काम गरिसकेका छन् । २०६० देखि विद्यार्थी राजनीतिमा सक्रिय थापा २०६७ सालमा नेविसंघ कास्कीको सदस्य बनेका थिए ।
२०६९ मा कास्की नेवि संघ कोषाध्यक्ष, २०७० क्याम्पस समन्वय समितिको सभापति, २०७१ मा कास्की नेविसंघको उपसभापति हुँदै २०७२ कार्यवाहक सभापति भएर काम गरेका छन् । उनी हाल पोखरा विश्वबिद्यालयमा एमविए अध्ययनरत छन् ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं