इतिहासमै पहिलो पटक टेलिकमले उपभोक्तालाई क्षतिपूर्ति तिर्दै, कारण यस्तो छ

इतिहासमै पहिलो पटक टेलिकमले उपभोक्तालाई क्षतिपूर्ति तिर्दै, कारण यस्तो छ

photo

पोखरा, ७ वैशाख । सेवा प्रवाहमा ढिलाई गरेका कारण नेपालमै पहिलो पटक सार्वजनिक सेवा प्रदायकले उपभोक्तालाई क्षतिपूर्ति तिर्ने भएको छ ।

नेपाल टेलिकमका उपभोक्ता अपिल त्रिपाठीले टेलिकमले सेवा प्रवाहमा ढिलाई गरेको र गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै उपभोक्ता संरक्षण ऐन २०५४ को दफा २२ बमोजिम जिल्ला क्षतिपूर्ति समिति कास्कीमा एक लाख क्षतिपूर्ति मागगर्दै उजुरी दिएका थिए ।

उजुरी माथि फैसलागर्दै समितिले टेलिकम कार्यालयले उपभोक्ता प्रतिको तत्काल दायित्व वहन गर्नु पर्ने बिषयमा उदासिनता देखाएकाभन्दै टेलिकमलाई पाँच हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

सार्वजनिक सेवा प्रदायकले समयमा सेवा नदिएकै कारण क्षतिपूर्ति तिर्नु परेको यो पहिलो घटना भएको उपभोक्ता मञ्च कास्कीले जनाएको छ ।

त्रिपाठीले नेपाल टेलिकमको ल्याण्डलाइन फोन जडान गर्नको लागि गत माघ २५ गते सम्पूर्ण प्रकृया पुरा गरी लाग्ने शुल्क समेत बुझाएका थिए । त्यसपछि टेलिकमले तीन दिन भित्र फोन जोडिसक्ने जानकारी गरायो । तर ३ दिनमा फोन जोडिएन ।

त्यसपछि पटक÷पटक फोन गरेर ल्याण्डलाइन जडान गरिदिन अनुरोध गर्दा बिभिन्न बाहाना बनाउदै टेलिकमले आलटाल गरेको त्रिपाठीले बताए ।
बारम्बार गुनासो गरेपछि फोन त जोडियो तर गुणस्तरहीन । आवाज स्पष्ट नसुनिने, आफ्नै नम्बरमा फोन गर्दा अरुकैमा जाने लगायतका समस्या देखिएपछि त्रिपाठीले तत्कालै समस्या समाधान गरी फोन जोड्न कर्मचारीलाई अनुरोध गरे । तर कर्मचारीहरु सुनेको नसुने झै गरी आफ्नो बाटो लागेको त्रिपाठीले बताए ।

त्यसपछि त्रिपाठीले नेपाल टेलिकमसँग आफुले फोनको शुल्क कहिलेबाट तिर्नु पर्छ भनि सोध्दा टेलिकमले फोन नम्बर दर्ता भए देखिकै दिनबाट शुल्क लाग्ने बताएपछि उनले टेलिकमसँग क्षतिपूर्ति माग गरेका थिए ।
उनले फोनको कारणले आफ्नो समय बर्बाद भएको, फोन मार्फत गर्नुपर्ने आफ्ना कामहरु प्रभावित भएको र यसबाट आफुलाई मानसिक तनाव भएको उल्लेख गर्दै टेलिकमसँग एक लाख रुपैया क्षतिपूर्ति माग गरेका थिए ।

उजुरी उपर भएको फैसला स्वागत योग्य भएपनि आफ्नो क्षतिभने पाँच हजार नभएर १ लाख नै भएको त्रिपाठीले बताएका छन् । जिल्ला क्षतिपूर्तिको फैसला चित्त नबुझे ३५ दिन भित्र उच्च अदालत जान पाइन्छ ।

सार्वजनिक सेवा प्रदायकले यसरी क्षतिपूर्ति तिर्न लागेको यो पहिलो पटक भएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।

यो फैसलाले अरु थुप्रै उपभोक्ताहरु समेत आफ्नो अधिकारको बिषयमा जागरुक हुने र सेवा प्रदायकहरु जिम्मवार बन्न बाध्य हुने कोइरालाको तर्क छ ।

पत्रकार महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले आमनागरीकलाई सचेतना जगाउने गरी लिएको कदमको लागि उपभोक्ता त्रिपाठीलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀