पोखरा, ४ बैशाख । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी र पार्टीले सरकारको नेतृत्व गर्दा राम्रो काम गर्न नसकेका कारण पार्टी ओरालो लागेको बताएका छन् ।
राम्रो काम गरेर जनतालाई जवाफ दिन नसकेका कारण नै पार्टीले हार व्यहोरेको उनको भनाइ थियो ।
नेपाली काँग्रेस कास्कीले पोखरामा मङ्गलबार आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले कम्युनिष्ट मिलेका कारण हा¥यौ भनेर भाग्न नमिल्ने उल्लेख गरे ।
राम्रो काम गर्न सकेको भए उनीहरु सवै मिल्दा पनि हामीले जित्थ्यौ उनले भने – ‘राम्रो गर्न सकेको भए यति तल पनि आउन्थेनौं।’
उनले शेरबहादुर देउवा र शुशील कोइराला मिलेर आफुलाई प्रधानमन्त्री बन्न समेत नदिएको दुःखेसो कार्यकर्ता माझ पोखे ।
त्यतिबेला के.पी ओली, विजयकुमार गच्छादार र कमल थापाले आफुलाई प्रधानमन्त्री स्वीकार गरेको भएपनि देउवा र कोइरालाले आफुलाई रोकेको उनको भनाइ छ ।
अहिलेसम्म यो कुरा कहिकतै बोलेको थिएन, आज भन्छुभन्दै देउवा र कोइरालाले आफुप्रति देखाएको व्यवहारप्रति चित्त दुःखाए ।
उनले अर्काे पटक चुनाव जित्नका लागि जनताको स्वार्थसँग गाँसिएर अघि बढ्नुपर्नेमा जोड दिए । पार्टीभित्र एकता जरुरी भएको र आफुले पनि एकता कायम गर्न चाहेको बताए ।
न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकनबाट पार्टीभित्र एकता कायम गर्नुपर्ने पक्षमा आफु रहेको उनको भनाइ छ ।
बरिष्ठ नेता पौडेलले निष्ठा र आदर्शको राजनीतिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
यसअघि बोल्ने एक दर्जन नेता तथा कार्यकर्ताले पार्टीलाई शशक्त बनाएर लैजानका लागि आग्रह गरेका थिए ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुदिपमोहन भट्टराईले संचालन गरेका थिए ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं