पोखरा, २३ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ लेकसाईड ठाडोपसलस्थित क्रिष्टल इण्टरनेशनल मन्टेश्वरी किण्डरवल्र्डको ११ औ वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरिनुको साथै विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो । त्यसैगरी, बालबालिकाले बनाएका चित्र तथा मुर्तिहरु प्रदर्शन गरिएको थियो ।
त्यसअवसरमा आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, पत्रकार नारायण भण्डारी, हिमाल आँखा अस्पतालका सहायक प्रशासक गोविन्दनाथ योगी र मोटिभेसन स्पिकर उपेन्द्र अधिकारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले बालबालिकाको भावनाको कदर गर्नुपर्नेमा जोड दिए ।
प्याब्सन कास्कीका पुर्वअध्यक्ष चिनु रानाभाटले शिक्षा जीवनको सवैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गरे ।
कस्केली अधिकृत समाज कास्कीका अध्यक्ष दुर्गा बहादुर शाह ‘बाबा’ ले बालबालिकालाई असल संस्कार दिनुपर्ने आवश्यकता औल्याए ।
मन्टेश्वरीकी प्रवन्ध निर्देशक रिना पौडेलले बालबालिका मैत्री भएर सेवा प्रदान गरिएको बताइन्।

कार्यक्रममा साइनिङ स्टार बोर्डीङ स्कुलका प्रिन्सिपल अर्जुन पाण्डे, आदर्श समाजका कार्यकारी सम्पादक नवीन सिग्देल, पत्रकार नारायण भण्डारी, कलाकार कृष्ण देवकोटा, अभिभावकको तर्फबाट रामचन्द्र शर्मा, अर्चना भट्टराई, बिपिन केसीले बोलेका थिए ।
क्रिष्टल इण्टरनेशनल मन्टेश्वरी किण्डरवल्र्डकी अध्यक्ष गिता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल रेश्मी शर्माले स्वागत र संचारकर्मी प्रर्मिला बरालले संचालन गरेकी थिइन् ।
२०६५ सालदेखि संचालनमा आएका सो मन्टेश्वरीले बालबालिकाका लागि रचनात्मक गतिविधिहरु संचालन गर्दै आइरहेको छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं