पोखरा, १२ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ स्थित नागबेली टोल विकास संस्थाको छैटो साधारणसभा तथा तेस्रो अधिवेशनले पुन शारदा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गिता पौडेल, सचिवमा खेमराज गिरी, कोषाध्यक्षमा करुणा श्रेष्ठ, सहसचिवमा ई.आनन्द सापकोटा छन्।
सदस्यमा अनिल गुरुङ, लइनबहादुर गुरुङ, जमुना पौडेल, बुद्विलाल श्रेष्ठ, अल्पना श्रेष्ठ, गङ्गाराम पुरी, रमा ढकाल, दिलमाया पौडेल, लक्ष्मी पराजुली, मिनबहादुर राना छन् ।
तारा सापकोटा संयोजक र केवि थापा सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया गराएको थियो ।
साधारणसभाले सचिव खेमराज गिरीले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष करुणा श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
संस्थाकी उपाध्यक्ष गिता पौडेललाई सम्मानगर्दै प्रदेश सांसद विन्दु थापा, साथमा संस्थाकी अध्यक्ष शारदा गिरी ।
त्यसअवसरमा उत्कृष्ठ बचतकर्ता हिरा थापा, लालबहादुर गुरुङ, मिनबहादुर केसी र जेष्ठ नागरिक ८० वर्षिय बमबहादुर सेनलाई सम्मान गरिएको थियो ।
साधारणसभा उद्घाटन गर्दै प्रदेश नम्बर ४ का सांसद विन्दुकुमार थापाले हरेक व्यत्तिले सभ्य समाज निर्माणका लागि भुमिका खेल्नु पर्नेमा जोड दिए । उनले जनताका आवश्यकताका काम गर्ने उल्लेख गरे ।
नागढुङ्गा विकास समाजका अध्यक्ष राजेन्द्रमान श्रेष्ठले टोलको विकास र पहिचानका लागि सवै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, समाजसेवी टेकन गिरी, ज्ञानेन्द्र शर्मा, प्रतिभा मार्ग टोल विकास संस्थाका अध्यक्ष डिल्लिराज पौडेल, पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष कमल न्यौपाने, नारी परोपकार केन्द्रका उपाध्यक्ष राधाकुमारी शर्मा, मिलिजुली आमा समूहकी अध्यक्ष कृष्णकुमारी खड्का, एयरपोर्ट टोल विकास संस्थाकी अध्यक्ष कमला श्रेष्ठ र संस्थाकी सदस्य तारा सापकोटाले बोलेका थिए ।
नागबेली टोल विकास संस्थाकी अध्यक्ष शारदा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गिता पौडेलले स्वागत र सदस्य आनन्द सापकोटाले संचालन गरेका थिए ।
भर्खरै
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं