पोखरा, २१ फागुन । जुनसुकैै पार्टीका नेताहरु माला र खादाले पुरिन रहर गर्छन् । आफुले पाएको सम्मानमा मख्ख पर्छन, गर्व गर्छन् । त्यस्तै नेताहरुको बाहुल्यता भएको हाम्रो देशमा नेपाली काँग्रेसका एक नेता छन् , जसले २०७२ सालको महाभुकम्पसँगै नेपालले भोगेको क्षति अनि जनताले पाएको दुःखपछि माला र खादा नलगाउने उद्घोष गरे। त्यतिमात्रै होइन नेपाली जनताले पाएको दुःख र कष्ट नहट्दाँसम्म माला र खादामा रमाउन नहुने उनको तर्क छ। ती नेता हुन् नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ।
देश सुधार्नका लागि पहिले नेताहरु स्वयं सुधारिन आवश्यक भएकोभन्दै त्यसको सुरुवात आफैबाट गरेको उनको भनाइ छ। भुकम्प पीडित जनता अझै च्यातिएको पाल मुनि बस्न बाध्य छन्, शीतलहर सहन नसकेर वर्षेनी नेपालीले ज्यान गुमाइरहेका छन्, कति एक छाक खाएर बाँचेका छन्, कति आधा पेट मात्र खान्छन्, उपचार खर्च नहुदाँ आत्महत्या गरेका छन् नेपालीले , नेता स्वास्थ्य उपचारका नाममा राज्यको ढुकुटीबाट ब्रम्हलुट गर्छन् उनले भने – ‘ देश र जनताको बास्तविक अवस्था दुःख र पिडादायी छ, नेताहरु कार्यक्रममा पुग्दा ३०, ४० र ५० केजीको माला लगाएर मख्ख परेर फर्कछन् ।’
उनले जनता र कुनै कार्यक्रम आयोजकले नेतालाई भगवान् आए जस्तो गरी सम्मान गरेकोमा आश्चर्य समेत व्यक्त गरे। प्रखर वत्ता गुरुङले फुल, माला, खादा र अबिरले नेतालाई नभई भगवानलाई पुजा गर्नुपर्नेमा जोड दिए। हामी जस्ता नेतालाई फुल, माला र खादा चढाउने होइन उनले भने – ‘खादा , माला र फुल भगवानलाई चढाइन्छ।’
नेपाल निर्माण तथा सम्वद्व श्रमिक संघ (काउन )को तेस्रो अधिवेशन उद्घाटन गर्न पोखरा आएका नेता गुरुङले कार्यक्रममा खादा र माला लगाएनन्। उनले आयोजकलाई सम्झाउँदै भने नेताका लागि माला र खादामा गर्ने खर्च बरु गरिब जनताको छोराछोरीलाई पढ्का लागि कापिकलम किनिदियौ ।
कार्यक्रममा उनले त्यति मात्र भनेन् राजनीतिमा बढ्दै गएको बिकृति र बिसंगतिको बिरोध गरे । राजनीतिमा नैतिकताको खडेरी परेको उनको भनाइ छ । काँग्रेसलाई जोगाउन संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको सदाचारी मार्गमा हिडाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री हुदाँ छाता, सुराही, टिनको बाकस बोकेर बालुवाटार पस्नुभयो, बर्हिगमन हुदाँ पनि तिनै सामाग्री लिएर बालुवाटार छाड्नुभयो उनले भने – ‘ सन्त नेता भट्टराईले आश्रममा जीवन बिताउनुभयो, उहाँले देखाएको बाटोमा हिड्न सके काँग्रेस फेरि ठूलो पार्टी बन्छ।’
उनले सामानुपातिकतर्फको कोटा ठेकेदार, उद्योगपति र व्यापारिका लागि भएकोभन्दै चिन्ता व्यक्त गरे । उनको भनाइको समर्थन गर्दै कार्यक्रम भरी गड्गडाहट तालि बजिरह्यो ।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं