पोखरा, २० फागुन । नेपाल बीउ व्यवसायी संघ प्रदेश नम्बर ४ को प्रथम अधिवेशनले आगामी तीन वर्षका लागि कुलप्रसाद सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा बैकुण्ठनाथ मिश्र, द्वितिय उपाध्यक्षमा गौरीशंकर कँडेल, महासचिवमा कृष्णप्रसाद तिवारी, सचिवमा शुरेशचन्द्र घिमिरे, कोषाध्यक्षमा परशुराम गैह्े छन् । समितिको सदस्यहरुमा रामशरण कोइराला, अमृत श्रेष्ठ, गंगा तिमिल्सिना, निरोज मरासिनी, टिकाराम सापकोटा, पूण्यकुमारी कुमाल छन् । अधिवेशन तनहुँको दमौलीमा सम्पन्न भएको हो ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल बीउ व्यवसायी संघका केन्द्रीय अध्यक्ष लक्ष्मीकान्त ढकालले गुणस्तरीय सेवा दिएर उपभोत्ताको मन जित्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, जिल्ला कृषि विकास कार्यालय तनहुँका प्रमुख चेतनाथ अधिकारी, जिल्ला पशु सेवा कार्यालय तनहुँका प्रमुख दीर्घराज ढुङ्गाना, नेपाल बीउ व्यवसायी संघका महासचिव बसन्तचन्द्र मरहठठ र प्रदेश नम्बर ३ का अध्यक्ष मणिदेव भट्टराईले बोलेका थिए।
नेपाल बीउ व्यवसायी संघका केन्द्रीय सदस्य एवं प्रदेश नम्बर ४ का संयोजक गुञ्जमान कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा तनहुँका अध्यक्ष बैकुण्ठनाथ मिश्रले स्वागत, कास्कीका अध्यक्ष कुलप्रसाद सुवेदीले धन्यवाद ज्ञापन र तनहुँका सचिव शुरेशचन्द्र घिमिरेले कार्यक्रम संचालन गरेका थिए ।
भर्खरै
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं