पोखरा, १८ फागुन । स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसले चार दिनसम्म विविध कार्यक्रम गरी पहिलो वार्षिकोत्सव मनाएको छ ।
स्ववियुले फागुन १५ गते मङ्गलबार रत्नचोकदेखि एयरपोर्टसम्म सरसफाई, १६ गते बुधबार रक्तदान , १७ गते सहयोग हस्तान्तरण र आज शुक्रबार मूल समारोह गरी वार्षिकोत्सव मनाएको स्ववियु सहसचिव एवं कार्यक्रम संयोजक रन्जता रेग्मीले जानकारी दिइन् ।

जनप्रिय क्याम्पसका प्रमुख बिरन्जी गौतम र स्ववियु सभापति आशिक गुरुङले वार्षिकोत्सवको अवसरमा केक काटेका थिए ।
कार्यक्रममा क्याम्पसलाई बिबिए कप उपाधि दिलाउने खेलाडीहरुलाई सम्मान पनि गरिएको थियो भने लक्ष्य ब्याण्डको विभिन्न प्रस्तुती थियो ।
त्यसअवसरमा प्रदेश नम्बर ४ का सांसदहरु विन्दु थापा, प्रकाशचन्द्र दवाडी, ओमकला गौतम, क्याम्पस संचालक समितिका अध्यक्ष इन्द्र कुँवर, क्याम्पस प्रमुख बिरन्जी गौतम, प्राध्यापक संघ जनप्रियका सभापति कृष्णबाबु बराल, प्रगतिशील प्राध्यापक संगठन जनप्रियका अध्यक्ष सन्तोष अधिकारी, नेपाल विद्यार्थी संघका केन्द्रीय उपसभापति डिल्लि सुवेदी, केन्द्रीय सदस्यहरु भानु ढकाल, देवकृष्ण पराजुली, गोपाल गुरुङ, पुनम भट्ट, नेवि संघ स्याङजाका सभापति अजित क्षेत्री, अनेरास्ववियुका विपिन देवकोटा, अनिल खड्का, नयाँ शक्ति विद्यार्थी युनियनका सन्तोष पौडेल र अखिल क्रान्तिकारीका साकार पौडेलले बोलेका थिए ।

स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसका सभापति आशिक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति किसान थापाले स्वागत तथा सचिव धु्रवहरि अधिकारी र सहसचिव रन्जता रेग्मीले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं