पोखरा, १३ फागुन । नेपाल तरुण दल कास्कीले आइतबार जिल्ला प्रशासन कार्यालय कास्की मार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र पठाएको छ ।
तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङको नेतृत्वमा गएको तरुणको समूहले कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
तरुण दलका नेता तथा कार्यकर्ता राष्ट्रपति बिरुद्व नाराबाजीगर्दै ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेको तरुण दल कास्कीका सचिव नरेन्द्र थापाले जानकारी थिए ।
राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रियसभा सदस्य मनोनयनमा असंवैधानिक कदम चालेको विरोधमा तरुण दल आन्दोलित बनेको हो।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा ३ जनालाई सिफारिस गरेपनि अहिलेका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले त्यसलाई हटाउदै मंगलबार फेरी ३ जनालाई नियुक्त गरेको सिफारिसलाई राष्ट्रपति भण्डारीले कार्यन्वयन गरेकी थिईन्। तरुण दलले राष्ट्रपति दलिय स्वार्थमा प्रेरित भएको आरोप लगाएको छ।
यसअघि नेपाली काँग्रेसका भातृसंस्थाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालको संविधान – २०७२ उपहार दिएका थिए ।

अध्यक्ष गुरुङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा संविधानमा भएका कानुनी प्रावधान उल्लंघन गर्दै देशमा अधिनायकवाद स्थापित गर्ने उदेश्यले राष्ट्रपतिले त्यस्तो कदम चालेकोभन्दै मनोनयन अबिलम्ब खारेज गर्न माग गरिएको छ।
साथै ज्ञापनपत्रमा राष्ट्रपतिले असंवैधानिक कदम नसच्याए तरुण दल जस्तो सुकै कदम चाल्ने पनि बाध्य हुने चेतावनी दिएको छ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं