पोखरा, १३ फागुन । नेपाल कारखाना मजदुर संघ कास्कीको छैटौं जिल्ला अधिवेशनले आगामी चार वर्षका लागि किरण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा मुक्तिराम पाण्डे, शिवहरि आचार्य, महिला उपाध्यक्षमा अनिता कुँवर, सचिवमा राजन अधिकारी, सहसचिवमा सुमन अधिकारी, कोषाध्यक्षमा शिर्षक अधिकारी छन् । सदस्यमा अप्सरा बाँस्तोला, सूर्य रानाभाट, जमुना कोइराला छन् ।
यसअघि अधिवेशनको उद्घाटन समारोहमा बोल्ने वत्ताहरुले मजदुरका हक,हित कायम गराउन राज्य उदार बन्नुपर्नेमा जोड दिएका थिए ।
अध्यक्ष किरण अधिकारी
नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ४ का अध्यक्ष मुरारी शर्माले वर्तमान अवस्थासम्म पनि अधिकांश स्थानमा मजदुर वर्गले आफ्नो उचित पारिश्रमिक प्राप्त गर्न नसकेको बताउँदै त्यसका लागि राज्यस्तरबाटै स्पष्ट नीति तय हुनुपर्ने बताए ।
नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष कुलदेवी बरालले सामाजिक रुपमा मजदुर वर्ग उपेक्षित बन्ने गरेको बताउँदै प्रत्येक मजदुरले आफ्नो काममा गर्व गर्दै आत्मसम्मानपूर्ण जीवनयापनको वातावरण तयार गर्नुपर्नेमा जोड दिईन् ।
नेपाली काँग्रेस कास्कीका सदस्य नवीन सिग्देलले जहाँ जसले जे काम गरेपनि पार्टीको विकास विस्तारमा योगदान पुग्ने गरी काम गर्नुपर्ने आवश्यकता औल्याए ।
त्यसअवसरमा नेपाल कारखाना श्रमिक संघ कास्कीका संस्थापक अध्यक्ष एवम् दुग्ध विकास संस्थान कर्मचारी संघका पूर्व केन्द्रीय अध्यक्ष हरिराम पौडेलले मजदुर सम्बद्ध संगठन समाजिक विकासका क्षेत्रमा पनि कृयाशिल बन्नुपर्नेमा जोड दिए। ।
नेपाल कारखाना श्रमिक संघ कास्कीका अध्यक्ष टेकनाथ पन्थीले कारखानामा काम गर्ने श्रमिकका हक तथा अधिकारका लागि संघ निरन्तर कृयाशिल बन्दै आएको उल्लेख गरे ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका सचिव केशवराज भट्टराई, मजदुर नेताहरू किरण अधिकारी, राजन अधिकारी, गीता चापागााइँ, सुरेन्द्र श्रेष्ठ लगायतले मजदुर वर्गको हक हितका लागि राज्य उदार बन्दै त्यही किसिमको कानुन तथा नीति नियम तयार गर्नुपर्नेमा जोड दिए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं