पोखरा, ९ माघ । नेपाल विद्यार्थी संघकी नेतृ बन्दना पौडेलको सवारी दुर्घटनामा मृत्यु भएपछि दोषीमाथि कारवाही र दुर्घटना बारे छानबिन गर्न मागगर्दै पोखरामा विद्यार्थीहरुले आन्दोलन गरेका छन्।
विद्यार्थीहरुले आज बिहान उनी अध्ययनरत पोखरा सिमलचौरस्थित जनप्रिय उच्च मावि अघि प्रदर्शन गरेका छन्। पौडेल कक्षा १२ मा अध्ययनरत छात्रा थिईन्।
आज पीडित पक्ष र प्रशासनवीच वार्ता हुने भएपनि आन्दोलन भने जारी राखिने भएको छ।
आज बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा वार्ता हुदैछ भने नेपाल विद्यार्थी संघ पिएन क्याम्पस इकाइ समितिले क्याम्पसमा प्रदर्शन गर्दैछ।
वार्ता र आन्दोलन सँगसगै अघि बढ्छ नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं वार्ता टोलिका संयोजक भानु ढकालले भने – ‘विद्यार्थीका माग पूरा नभएसम्म आन्दोलन रोकिदैन।’
पोखरा लेखनाथ १४, चाउथेमा ट्रिपरको ठक्करबाट स्कुटरमा सवार स्याङ्जा आँधीखोला गाँउपालिका वडा नं. ५ की २१ वर्षीया पौडेलको मृत्यु भएको हो ।
सोमबार बेलुकी पौने ८ बजेतिर ना ६ ख ९००६ नम्बरको ट्रिपरले पौडेल सवार ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं