सरकारको दिनगन्ति शुरु भएको चेतावनीदिदै गरिएको नेपाल बन्दमा कहाँ के भैरहेको छ ? विप्लवको आक्रामक विज्ञप्ति सहित यो पढौं

सरकारको दिनगन्ति शुरु भएको चेतावनीदिदै गरिएको नेपाल बन्दमा कहाँ के भैरहेको छ ? विप्लवको आक्रामक विज्ञप्ति सहित यो पढौं

28340073_2059820924276962_563376718_o

पोखरा, ८ फागुन । सरकारको दिनगन्ति शुरु भएको चेतावनीदिदै विप्लव नेतृत्वको नेकपाले मङ्गलबार नेपाल बन्द आव्हान गरेको छ।

पक्राउ गरिएका नेताहरुको रिहाइको मागगर्दै बन्द आव्हान गरेको हो। राष्ट्रिय युवा जनस्वयंमसेवक नेपालको तेस्रो महाधिवेशनको उद्घाटनमा सहभागिहुन जाने क्रममा फागुन ६ गते सो पार्टीका नेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो। सो पार्टीले पक्राउको विरोध र रिहाईको मागगर्दै आएको छ।

बन्दले जनजीवन प्रभावित पारेको छ। कतै आंशिक , कतै पूर्ण प्रभाव परेको छ भने कतै प्रभाव नै नपरेको समाचार प्राप्त भएको छ।

काठमाण्डौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम गाडी चलेका छन् । नेकपाका नेताहरु पक्राउ परेको जिल्ला मोरङमा बन्दको प्रभाव सामान्य छ ।बजार, कलकारखाना, शैक्षिक संस्थाहरु बन्द छन् । तर, छोटो दुरीका सवारी साधनहरु भने चलिरहेका छन् ।

कोशी राजमार्गअन्तर्गतको टंकी सिनुवारीमा दुईवटा सवारी साधनमा ढुंगा हानेको आरोपमा विप्लवका ४ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको जनकपुरधाममा बन्दको प्रभाव परेको छैन । यातायातका साधन चलिरहेका छन् । निजी विद्यालयहरु बन्द भए पनि सरकारी विद्यालयहरु भने खुलेका छन् ।

भोजपुरमा विहानैदेखि बन्दको प्रभाव छ । गोर्खा सदरमुकाममा पनि यातायात र बजार बन्द छ ।बाँके पनि बन्दले प्रभावित बनेको छ । उता हेटौंडा उपमहानगरपालिका–११, नवलपुरमा भने प्रेसरकुकर बम फेला परेको छ ।

पोखरामा भने बन्दको  प्रभाव छ ।पृथ्वी राजमार्ग, भूपी शेरचन राजमार्ग र सिद्धार्थ राजमार्ग ठप्प छ। पोखराका मुख्य शहरी क्षेत्रमा केहि निजी सवारी साधन चलेपनि सार्वजनीक सवारी साधन चलेका छैनन् भने पसलहरु बन्द छन्। विद्यायलहरु पनि खुलेका छैनन्।

रुपन्देहीमा पनि बिहान बन्दको प्रभाव देखिएको छ । दाङमा बन्दको पूर्ण प्रभाव परेको छ । सुर्खेतमा सवारी साधन फाट्टफुट्ट चले पनि मुख्य बजार र शिक्षण संस्था खुलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
08 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 07 Nov 2025 18:50 UTC
Latest change: 07 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
141.86up
Indian Rupee 
Indian Rupee
88.62up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.87
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.54up
Japanese Yen 
Japanese Yen
153.03down
US Dollar 
US Dollar
1
08 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 07 Nov 2025 18:50 UTC
Latest change: 07 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀