पोखरा, ४ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले एमालेका अध्यक्ष केपी ओली र एनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जोडी साँढे र थाकेको गोरुको जोडी जस्तो भएको टिप्पणी गरेका छन्।
बेग्लाबेग्लै पृष्ठभुमि र सोचका ओली र प्रचण्डको जोडी नसुहाएकोतर्फ संकेतगर्दै उनले त्यस्तो टिप्पणी गरेका हुन्।
यद्यपी उनले राष्ट्र र जनताको हितमा काम गरी सफल बन्न वामगठबन्धनलाई शुभकामना दिए।
नेपाली काँग्रेस कास्कीले पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उनले नयाँ चुनौती पार गर्नका लागि पार्टीभित्र नयाँ जागरण ल्याउनुपर्ने अवस्था आएको बताए।
अहिलेको अवस्थामा काँग्रेसले चुनौती पार गर्न सक्दैन उनले भने – ‘पार्टीभित्र नयाँ सोच, वीचार, चिन्तन, शैली र रणनीति अपाउँदै जागरण ल्याउनुपर्छ।’ नयाँ जागरण ल्याउनका लागि सवैले मन भित्रबाटै संकल्प गर्नुपर्ने उनको भनाइ छ।
उनले मुलुकमा राणा र राजा अन्त्य भएपनि समान्तवाद भने अन्त्य हुन नसकेको बताए। कुनै विषयमा पक्ष÷विपक्ष भएर बहस हुदाँ गुट÷उपगुट जस्तो देखिन सक्छ उनले भने – ‘तर नेतृत्वले सवै वीचारको सम्मानगर्दै अघि बढ्न सक्नुपर्छ।’
काँग्रेसका पूर्वमहामन्त्री तथा पूर्वगृहमन्त्री समेत रहेका नेता सिटौलाले राज्यलाई सहि ढंगबाट अघि बढाउने दायित्व काँग्रेसको काँधमा आएको उल्लेख गरे।
सरकारलाई संविधानको परिधिमा हिडाउने काम प्रतिपक्ष काँग्रेसको हो उनले भने – ‘यो दायित्व काँग्रेसले पूरा गर्ने छ।’
नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले गम्भिर बनेर पाटी सुदृढिकरणका लागि जुट्नुपर्ने आवश्यकता औल्याए।
कार्यक्रममा प्रदेश नम्बर ४ का सांसदहरु कृष्णचन्द्र नेपाली, विश्वप्रसाद लामिछाने, विन्दुकुमार थापा, ओमकला गौतम, ललितकला गुरुङ, नेता देवराज चालिसे, नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बास्तोला ‘मधु’, नेपाल महिला संघ पोखरा लेखनाथ महानगरपालिका समिति सभापति माया बरालले बोलेका थिए।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रम सचिव रामराज लामिछानेले संचालन गरेका थिए।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं