पोखरा, २ फागुन । लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीले दृष्टिबिहीनहरुलाई सहयोग स्वरुप बुधबार सेतो छडी वितरण गरेको छ।
क्लबले पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ स्थित दृष्टिबिहीन सहयोग तथा स्वरोजगार नेपाल कास्कीमा रहेका ३० जना दृष्टिबिहीनलाई सेतो छडी वितरण गरेको हो।
कार्यक्रममा ३२५ बी वान नेपालका जोन चेयर पर्सन ई. सुरेन्द्र पौडेल सहित क्लवका पदाधिकारी एवं सदस्यहरुले सेतो छडी वितरण गरेका थिए।
सो संस्था ओझेलमा परेकाले सवैको ध्यानाकर्षण गराउन त्यहाँका दृष्टिबिहीनलाई सेतो छडी वितरण गरिएको क्लबका अध्यक्ष शान्तबहादुर थापाले जानकारी दिए। कार्यक्रमको संयोजन शिवबहादुर कार्की र राजु राईले गरेका थिए।
कार्यक्रममा जोन चेयर पर्सन ई. सुरेन्द्र पौडेलले अपाङ्गताप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याउँदै सकारात्मक सहयोग गर्नुपर्नेमा जोड दिए।
दृष्टिबिहीन सहयोग तथा स्वरोजगार नेपाल कास्कीमा सल्लाहाकार संयोजक कृष्ण भुजेलले संस्थाको अवस्था दयनिय रहेकाले सहयोग गर्न सवैलाई आग्रह गरे।
त्यसअवसरमा कमिटी चेयर पर्सन राजु श्रेष्ठ, कमिटी मेम्बर एमजेएफ कमल बस्नेत, दृष्टिबिहीन सहयोग तथा स्वरोजगार नेपाल कास्कीकी अध्यक्ष मिनाकुमारी थापा र अपाङ्गता मैत्री समाज कास्कीका अध्यक्ष सन्त परियारले बोलेका थिए।
लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीका अध्यक्ष शान्तबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष सुकबहादुर गुरुङले स्वागत र सचिव सुरेन्द्रराज गिरीले संचालन गरेका थिए।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं