कस्तो हुदैछ ‘भ्यालेन्टाइन डे’ ?,अरुले के भन्दैछन् त्यो पढौं र इतिहास पनि बुझौं

कस्तो हुदैछ ‘भ्यालेन्टाइन डे’ ?,अरुले के भन्दैछन् त्यो पढौं र इतिहास पनि बुझौं

Valentines-day-couple_g3t4qr

कल्पना पौडेल

आज फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ । आजको दिन विश्वभर रातो गुलाफ दिएर मनको भावना आफूले मन पराएको व्यक्ति सामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिन ।

आज विभिन्न कलेज, क्यासे, रेष्टुरेँष्ट, अस्पताल, सिनेमा घरलगायतका स्थानमा प्रेम जोडीलाई विभिन्न छुटसहितका प्रबन्ध गरिएका छन् । उपहार पसलमा प्रेमका कुरा लेखिएका विभिन्न उपहार, फूल पसलमा रातो गुलाफ किन्नेको भीड देख्न पाइन्छ ।

खासगरी पश्चिमा देशमा विशेष रुपमा मनाइने प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ नेपालका युवालाई पनि आकर्षित गरिरहेको छ । स्नातक तहमा अध्ययनरत सिताष्मा शर्मा अहिले देखाउनकै लागि भए पनि प्रेमी जोडी बढ्ने फेसन चलेको बताउँछन् ।

‘एक हप्तासम्म विभिन्न डे हुँदै आज १४ भ्यालेन्टाइन डे रे, एक हप्तादेखि साथी कलेज आएका छैनन्, कहिले कताकताको डेटिङ, यसका राम्रा पक्ष भए पनि हामीले नचाहिने कुरालाई बढी अपनाएका छौँ ।’ उनले भनिन् ।

कलेज पढ्ने कसैले ‘अफेयर्स’ छैन भन्दा विश्वास गर्दैनन् उनले भनिन्, ‘देखाउनका लागि गरिने प्रेमले समय र भविष्यमा असर पारिरहेको छ ।’

बढ्दो सूचनाप्रविधिले संसारका हरेक क्रियाकलाप नजिकै जस्तो गरी थाहा पाउन सकिन्छ । बाहिर जसरी दिवस मनाउँछन्, त्यही सिको गरेर नेपाली युवाले प्रेम दिवस मनाउन थालेको नराम्रो लाग्ने सिताष्मा बताइन् ।

नेपाली समाजले प्रणय दिवस सहजै पचाउन सकिएको अवस्था भने छैन । यसबारे दुई खाले विचार पाइन्छ । केहीले यसलाई विदेशी चाड भएकाले विकृति मात्र ल्याएको धारणा राख्दै आएका छन्, भने केहीले प्रेमलाई अझ सशक्त बनाउने एक-आपसमा सम्बन्ध प्रगाण बनाउन सहयोग पुग्ने विचार राख्दैआएका छन् ।

ज्योति रावल प्रणय दिवसले नेपालका युवामा प्रेमलाई नकारात्मक रुपमा लिने परम्परा विकास भएको बताउँछिन् । उनी भन्छिन, ‘प्रेम सुन्दर अनुभव हो, अहिले युवाले प्रेमलाई फेसनका रुपमा लिँदा उनीहरुको भविष्यसमेत डामाडोल भएको देखेको छु, प्रेम शब्द जति सुन्दर छ त्यति नै सभ्यरुपमा मनाउन सकेमा राम्रो हुन्थ्यो ।’

निजी कम्पनीमा काम गर्ने देव पोखरेल भने यो दिवसलाई मायाप्रेम साट्ने सुनौलो दिनको रुपमा लिने गरेको बताउँछन् । ‘समय फेरिएको छ, अहिले प्रेम लुकाएर गर्नुपर्ने अवस्था छैन, आफूले माया गर्ने व्यक्तिसँग प्रेम दिवस मनाउनु नकारात्मक कुरा होइन ।’ उनले भने ।

प्रणय दिवसको औपचारिक शुरुआत सन् २६९मा रोमबाट शुरु भएको मानिन्छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ।

सम्राट्को आदेशको उल्लंघन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएको बताइन्छ ।

आदेश तोडेको आरोपमा उनलाई इ.पू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउन थालिएको हो ।

विश्वभरि नै यस दिनलाई उत्सवका रूपमा मनाउने गरिन्छ । नेपालमा अझै पनि खुला रुपमा प्रेमको कुरा गर्नु विपरीत लिंगीसँगै हिँड्नुलाई सकारात्मक रुपमा सहज रुपमा ग्रहण गरिंदैन ।

प्रणय दिवसले नेपालमा धेरै विकृति भित्रिएको भन्दै यसको विरोध गर्ने पनि छन् । जसले आफ्ना छोराछोरी प्रेममा नफसून् भन्ने धारणा राख्नेको कमी छैन ।

पछिल्लो समय छिट्टै आकर्षण हुने र अलग हुने क्रम पनि बढ्दो छ । ६५ वर्षीया मञ्जु थापा पछिल्लो समय युवाहरुमा प्रेम गर्दै छाड्ने चलन बढेकोप्रति असन्तुष्ट छन् ।

‘खुला रुपमा प्रेम गर्ने अनुमति त्यो बेला थिएन तर अहिले त आज एउटासँग प्रेम छ, भोलि अर्कोसँग यो विकृति नभए के होला ? अहिलेका युवाको प्रेमप्रतिको भावना देखेर चिन्ता लाग्छ ।’ उनले भनिन् ।

एक अर्काबीच व्यक्त गर्न नसकेको प्रेमलाई व्यक्त गर्ने र प्रेममा भएका जोडीले माया अझ प्रकट गर्ने दिनका रुपमा आजको दिनलाई उपयोग गर्छन् । आजको दिन युवाले आफ्ना प्रेमीप्रेमिकालाई रातो गुलाफका साथ विभिन्न उपहार आदानप्रदान गरेर प्रेम दिवस बनाउने गर्छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀