अन्तर्राष्ट्रिय युवा सम्मेलन हुँदै, ४० लाख खर्च हुने सम्मेलनमा के हुन्छ ?

अन्तर्राष्ट्रिय युवा सम्मेलन हुँदै, ४० लाख खर्च हुने सम्मेलनमा के हुन्छ ?

event

पोखरा, २८ माघ । दीगो विकासका लागि सहभागितामूलक युवा नेतृत्व भन्ने नाराका साथ फाल्गुण ४ देखि ८ गतेसम्म पोखरामा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने भएको छ ।

सम्मेलनमा विभिन्न १८ देशका २५० भन्दा बढि युवा नेताहरुले भाग लिने मूल आयोजक समितिका अध्यक्ष सुवास मल्लले जानकारी दिए ।

सम्मेलनका विभिन्न सत्रहरुमा सम्बोधन गर्नका लागि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडा, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल, बैंकर अनिल शाह, विवेकशिल साझा पार्टिका संयोजक रविन्द्र मिश्र लगायतका अतिथिहरु पोखरा आउने कार्यक्रम छ ।

त्यस्तै कार्यक्रममा पोखरा विश्वविद्यालयका डिन बुद्धिराज जोशी, पूर्व रजिष्ट्रार डा. दीपक भण्डारी, अन्तर्राष्ट्रिय केन्द्रका निर्देशक टेकबहादुर क्षेत्री, उप प्राध्यापक डा. अजय थापा, सिटिईभिटिका उपाध्यक्ष कुलचन्द्र बस्नेत, ईक्यानका अध्यक्ष विष्णुहरी पाण्डे लगायतले पनि बोल्नेछन् ।

त्यसैगरी लिडरसीप कर्नरका अब्दुस मियाँ, लिडरसीप एकेडेमीका सन्तोष शाह, बुढिनन्दा नगरपालिकाकी उप मेयर ईञ्जीनियर सृष्टि रेग्मी, चेञ्ज मिसन नेपालका प्रदीप सापकोटा, विश्व युवा साइकल यात्री अजित बरालले पनि सम्मेलनमा आफ्नो अनुभव बाँड्नेछन् ।

सम्मेलनमा नेपाल बाहेक अमेरिका, न्युजिल्याण्ड, भारत, मेक्सीको, इण्डोनेसिया, ओमन, मलेसिया, पाकिस्तान, बंगलादेश, बहराइन, सुडान, अफगानिस्तान लगायतका देशका युवा नीति निर्माताहरु, युवा अभियन्ताहरु, व्यवसायी, प्राध्यापक, सरकारी अधिकारीहरु, प्रशिक्षकहरु लगायतले पनि बोल्दैछन् । सम्मेलनमा युवा नेतृत्व विकास, उद्यमशिलता, दीगो विकास लक्ष्य, सुरक्षित आप्रवासन, गुणस्तरीय शिक्षा, विश्व युवा साझेदारी लगायतका विषयवस्तुमा छलफल हुने बताइएको छ ।

कुल चालिस लाखको खर्चमा सम्पन्न हुन लागेको यो सम्मेलनको आयोजना राष्ट्रिय युवा परिषद् नेपाल, गुरुचेला एजुकेशन नेटवर्क, रोट्¥याक्ट क्लव अफ पोखरा लेकसाइड, ट्रयाक नेपाल, जागृति युवा सरोकार केन्द्र र स्टेप अप फाउण्डेसनले गर्न लागेको हो ।

अघिल्लो वर्ष प्रथम सम्मेलन बंगलादेशको ढाकामा सम्पन्न भएको र आगामी वर्षको सम्मेलन आयोजनाका लागि भारत, श्रीलंका र न्युजिल्याण्डले प्रारम्भिक इच्छा जाहेर गरेको सम्मेलनका सचिव गोविन्द गिरीले जानकारी दिए । आगामी वर्षको सम्मेलन कहाँ गर्ने भन्ने विषयमा पनि सम्मेलनले नै टुंगो लगाउने र समापन सत्रमा घोषणा हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
08 Dec · Rastra · USD/EUR
Ambien Without Rx Nepal Rastra bank
follow link Check: 08 Dec 2025 00:20 UTC
Ambien For Sale Latest change: 07 Dec 2025 18:19 UTC
Buy Xanax Online Without Prescription API: CurrencyRate
https://heural.com/centro-de-conocimiento/ Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: source link Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.98
Indian Rupee 
Indian Rupee
89.94
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
155.32
US Dollar 
US Dollar
1
08 Dec · FX SourceRastra 
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀