पोखरा, २३ माघ। नगर बसको ठक्करबाट विद्यार्थी बोधराज ढकालको मृत्यू भएको घटनालाई लिएर सात विद्यार्थी संगठनले आन्दोलन चर्काउने भएका छन्।
मृतकलाई क्षतिपूर्ति दिने विषयमा बस व्यवसायी गैरजिम्मेबार भएर प्रस्तुत भएकोभन्दै संघर्षको कार्यक्रम सार्वजनीक गरेका छन्।
आज साँझ बसेको विद्यार्थी संगठनको बैठकले बुधबार पोखरामा नगर बस संचालन हुन नदिने निर्णय गरेको बैठकमा सहभागि नेवि संघका केन्द्रीय सदस्य मिलन आलेले जानकारी दिए। बुधबार बिहानैदेखि नगर बस संचालनमा रोक लगाउने निर्णय भएको छ उनले भने – ‘यतिगर्दा पनि भएन भने आन्दोलन अझै शशक्त बनाइनेछ।’
मृतक ढकाल नेपाल विद्यार्थी संघ स्याङजा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति हुन्। सोमबार साँझ नगर बसको ठक्करबाट उनको मृत्यू भएको हो।

दोषीमाथि कारवाही र क्षतिपूर्तिको मागगर्दै नेपाल विद्यार्थी संघको नेतृत्वमा पोखरामा मंगलबार दिनभर जसो नै प्रदर्शन गरिएको विद्यार्थी नेता पशुपति भट्टराईले बताए। उनले विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकोभन्दै निन्दा समेत गरे।
प्रदर्शनका क्रममा आज पोखराको पृथ्वीनारायण क्याम्पस क्षेत्रमा प्रहरी र विद्यार्थीवीच दर्जनौ पटक झडप भएको थियो। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडपको अवस्था सृजना भएको हो। अवस्थालाई नियन्त्रणमा लिनका लागिभन्दै प्रहरीले केहि सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो।
प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच दोहोरो झडपहुदाँ केहि विद्यार्थी घाइते भएका छन्।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं