पोखरा, २४ पुस । प्रतिनिधिसभाका सदस्य रविन्द्र अधिकारीले पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ७ र १५ लाई जोड्ने चोरसाँघुस्थित सेती नदी माथि वनेको पक्की पुलको सोमबार उद्घाटन गरेका छन्।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग र जिल्ला समन्वय समितिको कूल .एक करोड ६० लाख ८९ हजार ८५६ को लागतमा पक्की पुल निर्माण गरिएको हो ।
२९.९ मिटर लम्बाई र सात मिटर चौडाई रहेको सो पुल निर्माणमा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको ७० र जिल्ला समन्वय समिति कास्कीको ३० प्रतिशत लगानी छ।सो पुल निर्माणसँंगै महानगरपालिकाको वडा नं ७,९,१४,१५ र १७ का स्थानीय जनतालाई आवागमनमा सुविधा पुगेको छ ।
पक्की पुलको उद्घाटनपछि बोेल्दै प्रतिनिधिसभाका सदस्य अधिकारीले निर्वाचनपछि वामगठवन्धनले पाँच वर्ष सरकार चलाउन जनादेश प्राप्त गरेको बताए। उनले वामगठवन्धनको सरकारले राम्रो काम गरे अर्को पटकको निर्वाचनमा निरन्तरता पाउने तथा राम्रो काम नगरे हराउनु पर्ने उल्लेख गरे।
प्रदेशसभाका सदस्य कृष्ण थापाले राजनैतिक क्रान्ति सकिएकोले अव विकास र आर्थिक सम्वृद्धिको युग भएकोले नेपाली जनतालाई सुख र शान्ति दिनुपर्ने उल्लेख गरे।
जिल्ला समन्वय समिति कास्कीका संयोजक बयन वहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांंसद शारदा पौडेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक जीवन कुमार श्रेष्ठ, वडाध्यक्षहरु प्रकाश पौडेल, रामचन्द्र बराल, जिल्ला ईन्जिनियर नारायण बरालले बोलेका थिए।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं