लमजुङ,२४ पुस । लमजुङको सुन्दरबजारमा वस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रस्त भएका छन् । सुन्दरबजार नगरपालिका-९ सिउडीबारको वस्ती नजिकै बाँझो जमिनबाट धुवाँको मुस्लो निस्किएको हो ।
स्थानीयवासी सुनिता खनालको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्कन थालेपछि प्रकोपको डरले स्थानीयवासी त्रस्त भएका हुन् ।
गत मंगलबारबाट सामान्य धुवाँ निस्किएको देखिएको थियो । पछिल्ला दिनमा धुवाँको मुस्लो बढ्दै गएको स्थानीयवासी सुनिता खनालले बताइन् । विशेषगरी बिहान र बेलुकीको समयमा धुवाँको मात्रा बढी देखिने खनालको भनाइ छ ।
सुक्खा जमिनबाट अचानक धुवाँ आउन थालेपछि त्रस्त भएका स्थानीयवासीले परीक्षण र सुरक्षाका लागि वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।
स्थानीयवासीले भेला भई सुरक्षा र आवश्यक जाँचबुझका लागि निवेदन दिएको स्थानीय विश्वबन्धु अधिकारीले बताए ।
घटनाबारे छानबिनका लागि गृह मन्त्रालयसँग समन्वय गरी पहल गरेको प्रमुख जिल्ला अधिकारी युवाराज मैनालीले बताए ।
जानकारी पाएसँगै आफूले पनि स्थलगत अवलोकन गरेको उनले बताए । आश्चर्यपूर्ण घटनाका सम्बन्धमा विभिन्न आङ्कलन भएको छ ।
मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै सुख्खा जमिनमा धुवाँ निस्किएपछि जमिन भित्रको पानीको दबाबका कारण चट्टान तातेर धुवाँ निस्किएको हुन सक्ने स्थानीयवासीको आशङ्का छ ।
वर्षौंदेखि वरपर जमिनमा कुनै पानीको मूल नभएको र जमिन सुख्खा भएकाले पानी वा चिस्यानको बाफ नभई जमिन भित्रको तातोको धुवाँ हुनसक्ने स्थानीयवासी कृतिनाथ सापकोटाले बताए ।
दिन प्रतिदिन तातो धुवाँको मात्रा बढ्दै गएकाले यथाशीघ्र छानबिन गरी सुरक्षाको प्रत्याभूति दिन स्थानीयवासीको माग छ । रासस
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं