पोखरा, २३ पुस । प्राध्यापकहरुले नेपाली काँग्रेसलाई मासबेसबाट ‘क्याडरबेस’ बनाउन सुझाव दिएका छन्।
प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल पृथ्वीनारायण क्याम्पसले गरेको काँग्रेसको नीति, संरचना एवं रणनीति विषयक कार्यशालामा सहभागि प्राध्यापकहरुले त्यस्तो सुझाव दिएका हुन्। कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरु गरी तीन सय बढि सहभागि थिए।
पार्टीले आफ्ना धारणा स्पष्ट राख्न नसक्नु, गरेका राम्रा कामका प्रचार गर्न नसक्नु र नेतृत्वको कार्यशैलीमा देखिएको मनोमानी जस्ता कारणले पार्टी कमजोर देखिएको उनीहरुको भनाई थियो।
समूहगत छलफलबाट पार्टीलाई सुधार्नु पर्ने निष्कर्ष निकालिएको छ। पार्टीले निर्वाचन सम्वन्धी रणनीति समेत बनाउन नसक्दा निर्वाचनमा पराजय भोग्नु परेको ठहर गरिएको छ।
पार्टीको नीति, संगठन र रणनीतिमा तत्काल सुधार गर्नुपर्ने निष्कर्ष छ प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल पृथ्वीनारायण क्याम्पसका इकाइ सभापति दिपेन्द्र पराजुलीले भने – ‘पार्टीको सदस्यता वितरणमा समेत कडाई गर्नुपर्ने अवस्था छ।’
कार्यक्रममा युवा नेता देवराज चालिसेले काँग्रेसको नीति, संरचना एवं रणनीति विषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीलाई खवरदारी गरिरहन आग्रह गरे। उनले पार्टीभित्रको गुटगत राजनीति बन्द गर्नुपर्ने आवश्यकता औल्याए।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं