पोखरा, १८ पुस । पाहार ट्रष्ट नेपालले पोखरामा शुक्रबार पुस्तकालय समन्वयात्मक कार्यक्रम गरेको छ।
कार्यक्रममा पाहार ट्रष्टको सहयोगमा कास्की र स्याङजाका २० विद्यालयमा संचालित पुस्तकालयसँग सम्वन्धीत ६० शिक्षक÷शिक्षिकाको सहभागिता थियो।
संस्थाले प्रदेश नं ४ का पाँच जिल्ला कास्की, लमजुङ, तनहुँ, बाग्लुङ र स्याङजाका ३६ विद्यालयमा पुस्तकालय संचालन गरेको पुस्तकालय विकास अधिकृत बालकाशी गुरुङले जानकारी दिईन्।
कार्यक्रममा विद्यालयका शिक्षक÷शिक्षिकाले पुस्तकालय संचालनपछिका उपलब्धी र पुस्तकालयका समस्या बारे जानकारी गराएका थिए। त्यसैगरी, पुस्तकालय संचालन सम्वन्धी अनुभव आदानप्रदान समेत गरिएको थियो।
कार्यक्रमको उद्घाटनगर्दै जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले पढाई विनाको जिन्दगी निरर्थक हुने बताए।
उनले सिकाई कहिले पनि अन्त्य नहुने उल्लेख गरे। आज एउटा कुरा सिक्यो, भोलि अर्काे सिक्नुपर्ने अवस्था आइहाल्छ उनले भने – ‘त्यसैले सिकाई अन्त्य हुदैन।’
नरोदय मावि स्रोत केन्द्रका स्रोत व्यत्ति हिमलाल न्यौपानेले पुस्तकालयले विद्यार्थी, शिक्षक÷शिक्षिका र समुदायमा पढ्ने बाँनीको विकास गरेको उल्लेख गरे।
नवज्योती स्रोत केन्द्रका स्रोत व्यत्ति ऋषिराम पोखरेलले पुस्तकालयप्रतिको आकर्षण बढ्दै गएको बताए।
त्यसअवसरमा उत्कृष्ठ व्यवस्थापनमा पुस्तकालय संचालन गर्ने तीन विद्यालयलाई पुरस्कृत र एक शिक्षिकालाई सम्मान गरिएको छ।
व्यवस्थापनमा प्रथम हुने अमरज्योती मावि अर्जुन चौपारी, स्याङजालाई नगद २० हजार, द्वितिय हुने प्रगतीशील आधारभुत विद्यालय थुम्की, रुपा गाउँपालिकालाई नगद १० हजार र रानीचरी आधारभुत विद्यालय अर्जुन चौपारी, स्याङजालाई नगद पाँच हजार सहित प्रशंसा पत्र प्रदान गरिएको छ।
त्यस्तै, उत्कृष्ठ पुस्तकालय शिक्षिकाका रुपमा अमरज्योति माविकी गिताकुमारी गुरुङलाई प्रशंसा पत्र प्रदान गरिएको छ।
पाहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव विजुली बहादुर गुरुङले स्वागत र लेखा सहायक चन्द्रा गुरुङले संचालन गरेकी थिईन्।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं