पोखरा, ९ पुस । शुक्रबारदेखि तनावग्रस्त बनेको कालीकोट अझै शान्त बन्न सकिरहेको छैन।
प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनावग्रस्त भएको कालीकोटमा लगाइएको कर्फयू अझै हटेको छैन।
आज बिहान २ घण्टाका लागि हटाइएको कर्फयू फेरि अनिश्चितकालीन बनाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए। स्थिति सामान्य नबनेसम्म कर्फ्यु जारी रहने प्रशासनको भनाइ छ। तनावका कारण अप्रिय घटना हुन नदिन कर्फयू लगाइएको हो।
प्रहरीको गोली प्रहारबाट म्यादी प्रहरी रास्कोट नगरपालिका वडा नम्बर २ निवासी २० वर्षीय विवेक ऐडीकोे मृत्यु भएपछि त्यहाँ आन्दोलन चर्केको छ।
टाउकोमा गोली लागेर घटनास्थलमा मृत्यु भएका म्यादी प्रहरी ऐरीलाई राष्ट्रिय सहिद घोषणा गरिनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका मागसहित आफन्त र स्थानीयहरु आन्दोलनमा उत्रिएका छन्।
म्यादी प्रहरीले ६४ हजार रुपैयाँ पाउनु पर्नेमा ५५ हजार रुपैयाँ मात्र जिल्ला प्रहरीले दिएको गुनोसा गर्दा गोली प्रहार गरेर म्यादी प्रहरी मारिएको स्थानीयले बताए। तलव विवादमा गत शुक्रबार जिल्ला प्रहरी कार्यालयमा प्रहरी र म्यादी प्रहरीबिच विवाद हुँदा प्रहरीले लाँठीचार्ज र गोली चलाएको बताइएको छ।
यसैबीच घटनाको छानबिनका लागि सरकारले छानविन समिति गठन गरेपनि मृतकका आफन्तले असन्तुष्टि जनाएका छन् ।
सरकार पक्षका व्यक्तिहरुलाई मात्रै समेटेर छानविन समिति बनाइएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।
आफन्त र स्थानीयवासीले छानविन समितिमा जिल्लाका जनप्रतिनिधिहरुलाई समेत राख्न माग गरेका छन् ।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं